फेवातालमा प्याराग्लाडिङ खस्दा रोमानियन नागरिकको ज्यान गयो

0
882

पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना हुँदा ४२ वर्षे  रोमानियन नागरिक एडी सिजरको मृत्यु भएको छ ।   आज विहान ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीले जनाएको छ ।  एडीलाई तत्काल उद्धार गरि पोखराको मेट्रोसिटी हस्पिटल पुर्रयाइएको थियो ।  उनलाई बचाउन नसकेको अस्पतालले जानकारी दिएको छ ।    प्याराग्लाइडिङ खसेको सूचना पाएलगत्तै प्रहरीको टोली मोटरबोट लिएर घटना स्थल पुगेको थियो ।