कैलाली जिल्ला अदालतले टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला फैसला गरेको छ । कैलाली जिल्ला अदालतका वैतानिक वकिल देवराज भट्टले दिएको जानकारी अनुसार चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।
चौधरी सहित २७ जना अहिले पनि पुर्पुक्षको लागि थुनामा छन् । । न्यायाधीस पर्शुराम भट्टराईको एकल इजलासले चौधरी विरुद्ध परेको उजुरीमा यस्तो फैसला गरेका हुन् । उनीहरुको पुर्पुक्षको लागि थुनामा बसेको समयावधिको पनि गठना हुने बताइएको छ
कूल ५८ जना विरुद्ध मुद्दा परेकोमा ३१ जना भने फरार रहेका छन् । यो फेसला अहिले २७ जनाको हकमा मात्रै रहेको भन्दै बाँकीको हकमा भने प्रहरीले उनीहरुलाई पक्राउ गरी फेरि मुद्दा चलाउनु पर्नेछ ।