प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आज नेपाल बन्दको आब्हान गरेको छ । नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएको छ ।केपी शर्मा ओली नेतृत्वको सरकारले आफूमाथि दमन गरेको आरोप लगाउँदै विप्लव समूहले एकसाता अघि नै फागुन ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।बन्दको प्रतिवादका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्दै आवश्यकता अनुसार स्कर्टिङ गरेर भए पनि सार्वजनिक सवारी साधन चल्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
उपत्यका बाहिरका जिल्लाको हकमा पनि माग बमोजिम सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर स्कर्टिङको व्यवस्था मिलाइने बताईएको छ ।