दीपेन्द्र बस्नेत
बेलौरी ,
आउदै गरेको रंगको पर्व होलिको पुर्व सन्ध्यामा बेलौरी नगरपालिकाका विभिन्न वडाहरुमा शुभकामना आदानप्रदान गर्दै होलि मिलन कार्यक्रम गरेको छ ।
नेपाली काँग्रेस कञ्चनपुरका नेता एवं पुर्व साँसद दिवानसिंह बिष्टको नेतृत्वमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले होलि मिलन कार्यक्रमको आयोजना गरेको हो ।
होलि कार्यक्रममा नेपाली काँग्रेसका निर्वाचन क्षेत्र नम्बर १( क ) का प्रदेश सभा उम्मेदवार गोपाल गुरुङ , क्षत्रीय सभापति गोपि प्रसाद उपाध्याय ,नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य प्रकाशराज पन्त ,जिल्ला सदस्य जनकसिंह धामी, हरिश्चन्द्र राना , लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आइतबारदेखि सुरु गरिएको होलि कार्यक्रम बाट संकलित रकम क्षेत्रमा मिडिया बिकासका लागि लगानी गरिने बताइएको छ । होलि कार्यक्रममा स्थानीय बाट उल्लेख्य सहयोग प्राप्त भएको नेपाली काँग्रेसका नेता गोपाल गुरुङले बताए । कार्यक्रमको अन्त्य गरिए पछि सहयोगी दाताहरुको नाम सार्वजनिक गरिने उनले बताए । क्षेत्रमा मिडियाको बिकास र क्षेत्र वासीहरु संग शुभकामना आदानप्रदानका लागि होलि मिलन कार्यक्रमको आयोजना गरिएको पुर्व साँसद एवं काँग्रेस नेता दिवान बिष्टले बताए ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरिएको होलि कार्यक्रम चैत ४ गते बेलडाँडी गाउँपालिकामा , चैत ५ गते पुनर्वास नगरपालिकामा र चैत ६ गते लालझाडी गाउँपालिकामा आयोजना गरिने क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए ।