नेपाली कांग्रेसको अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएकोछ ।
नेता अर्जुननरसिंह केसीका अनुसार हाललाई समितिको संयोजकको मात्रै टूंगो लागेको र अरु सदस्यहरु सहमतीमा टुंगाउने सहमती भएको हो ।
यस्तै समितिले गर्ने काम कार्वाहीका विषय समेत सहमतीबाटै निर्णय लिने सहमती भएको उनले जानकारी दिए। सभापति शेर बहादुर देउवा निकट स्रोतका अनुसार समिति सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कंडेललाई पनि चयन गरिएको छ Iबरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले थप अन्य दुई सदस्यको नाम मंगलवार दिने देउवा निकट एक केन्द्रीय सदस्यले बताए ।