सभापति बलियो भए बल्ल पार्टी बलियो हुन्छ :ने वि संघ कास्की सभापति बिकास थापा

0
1111

नेपाल विद्यार्थी संघ कास्कीका सभापति, युवा नेता बिकास थापाले पार्टी सभापतिमा शेर बहादुर देउवाको विकल्प नभएको कुरा स्पष्ट पारेका छन। नेता थापाले पार्टीको हित र प्रगतिका एक एक पाइलामा शेर बहादुर देउवाले ठुलो भुमिका खेलेको कुरा जनाउँदै पार्टी सभापतिमा अहिलेको बर्तमान स्थितिमा शेर बहादुर देउवाको खांचो पार्टीलाई भएको कुरा उल्लेख गरेका हुन। अर्को निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई देशकै बलियो, ठुलो र लोकप्रिय पार्टी बनाउने खुबी शेर बहादुर देउवामा मात्र भएको हुनाले यस कार्यका निमित्त सबैले साथ दिनुपर्ने छ।

काम गर्ने भन्दा पनि खुट्टा तान्ने प्रबिधि पार्टीभित्र भएकाले सभापतिले राम्रोसंग काम गर्न नपाएको कुरा तेर्साउदै थापाले सबै केन्द्रिय नेताहरूले सभापतिलाई सहयोग र उहाँसंग सहकार्य गरेर अगाडि बढ्नु पर्ने जनाएका छन । आफ्नो स्वार्थका निम्ति सभापति जस्तो जिम्मेवार ब्यक्तिको विरुद्धमा लागेर विभिन्न पार्टीगत कार्यक्रममा भाषण गर्ने नेताहरूलाई अनुशासन समितिले कारबाही गरेता पनि नेपाल विद्यार्थी संघ समेत नेताहरूलाई कारबाही को दायरामा ल्याउन पछि नहट्ने कुराको चेतावनी दिदै कास्की ने.बि संघ सभापतिले सम्पुर्ण केन्द्रिय  नेताहरूलाई पार्टी सभापतिको विरुद्धमा नलागी कन सभापतिलाई साथ दिएर अधिनायकवाद के.पि सरकारको विरुद्धमा लड्न आग्रह गरेका छन।

यसरी नै पार्टीभित्र केन्द्रिय नेताहरू सभापति विरुद्ध लाग्ने हो भने पार्टीको पराजयको जिम्मा पनि केन्द्रिय  नेताहरूले लिनुपर्ने जनाउदै अब पार्टी बलियो बनाउनका निम्ति सबै नेता, कार्यकर्ताले श्रध्य पार्टी सभापति शेर बहादुर देउवालाई साथ र सहयोग गर्न अपिल गरेका छन।