टीकापुर। संचार माध्यम आवाज बिहिनको आवाज हुनुपर्छ भनेपनि आवाज वालाको आवाज भएको गुनासो नागरिकले गरेका छन् । शनिबार टीकापुरमा पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा आयोजित नागरिकको नजरमा मिडिया बिषयक अन्तरसम्बाद कार्यक्रममा बोल्ने बक्ताहरुले सो गुनासो गरेका हुन् ।
स्थानीय केही बिशिष्ट व्यक्तित्व र पत्रकार बीच भएको अन्तर सम्बादमा संचार क्षेत्रलाई बिश्वासिलो बनाउन जरुरी भएको औल्याइएको छ । पत्रकारलाई राज्यको चौथो अंगका रुपमा बिश्वले स्विकार गरेको कुरालाई सम्मान गर्न पत्रकारले आफ्नो भूमिका प्रष्ट पार्नुपर्ने उहाहरुको भनाई थियो ।
टीकापुर नगर उपप्रमुख केशरी बिष्टले संचार सबैको साझा बनिदिनुपर्ने बताउनुभयो ।
उहा“ले समचार यर्थाथ परक आउनुपर्छ भन्दै शिक्षा, स्वास्थ्य र आर्थिक गतिबिधिका कुरालाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।
प्राध्यापक डाक्टर जगत बहादुर सिंह रावलले पत्रकार न्यायाधिस बन्ने होइन यथार्थ परक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहा“ले पत्रकारहरुलाई सम्मानजनक रुपमा हेर्नुपर्ने बताउनुभयो ।
समाजसेबी नवराज रावलले आस्थाका आधारमा समाचार बनाइन नहुने भन्दै खोज मुलक समाचार लेख्न सुझाव दिनुभयो । उहा“ले राजनीतिकर्मी भन्दा कम दायित्व पत्रकारको छैन भन्दै कलम चलाउ“दा समाज र राष्ट्रलाई हेर्न आग्रह गर्नुभयो ।
सामुदायिक रेडियो टीकापुरका अध्यक्ष श्याम खत्रीले समाजमा परिवर्तन हुने खालका समाचार बाहिर ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो ।
उहा“ले राजनीतिलाई मागि खाने भाडो बनाएझै पत्रकारितालाई पनि मागि खाने भाडो बनाउन नहुने तर्क गर्नुभयो ।
यसैगरी प्राध्यापक कीर्तीसिंह बमले कलमको सदुपयोग गर्नेकी दुरुपयोग गर्ने भन्ने बारेमा व्यक्तिको मानसपटलले निर्णय गर्छ भन्दै भ्रष्ट मानसिकताबाट आएका राजनीतिज्ञको भण्डाफोर गर्न पत्रकारको कर्तव्य भित्र पर्ने बताउनुभयो ।
अर्का प्राध्यापक मीनबहादुर शाहीले अबको पत्रकारिता सुशासनको वकालत गर्ने हुनुपर्ने बताउनुभयो । राजनीतिक समाचारलाई मात्र प्राथमिकता दिने प्रचलन हटाउनुपर्ने सुझाव दिदै शाहीले तटस्थता र रकम लिएर लेखिने समाचार बारेमा सचेत हुन आग्रह गर्नुभयो ।
मिल व्यबसायी सुरत बहादुर रावल न्यौपानेले पीर मर्का परेका व्यक्तिका बारेमा पत्रकारको कलम चल्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा फिरुलाल चौधरीले पछिल्लो समय पत्रकार सुबिधाभोगी र अल्छि भए भन्ने आम गुनासो आएको बताउनुभयो । उहा“ले पत्रकार आवाज बिहिनका आवाज बन्न सक्नुपर्ने बताउनुभयोे ।
व्यबसायी शिबदत्त उप्रेतीले पत्रकार सचेत नहुदा समाजमा इमान्दार व्यक्ति दबेर बस्नु परेको अवस्था छ भन्दै स्थानीय सरकारका बारेमा सचेत हुन आग्रह गर्नुभयो ।
टीकापुर बहुमुखी क्याम्पसका स्वबियू सभापति सुरेशराज शर्माले स्वतन्त्र भन्दा पनि परिचालित समाचार लेख्ने प्रबृत्ति अन्त हुनुपर्नेमा पत्रकार सचेत रहनुपर्ने बताउनुभयोे ।
.
बिरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसका स्वबियु सभापति धनञ्जय रिमालले विकासका सवालमा सत्य तथ्य समाचार बाहिर नल्याउदा भ्रष्टाचार मौलाएको बताउंदैै पत्रकार समाजको ऐना हुनसक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा स्वागत पत्रकार महासंघका केन्द्रीय पार्षद् मातृका तिमिलसेनाले गर्नुभएको थियो भने संचालन केन्द्रीय पार्षद् एकिन्द्र्र तिमिल्सेनाले गर्नुभएको थियो । पत्रकार महासंघ कैलालीको अयोजनामा भएको उक्त अन्तर सम्बाद कार्यक्रममा समन्वय पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशले गरेको हो ।
पत्रकारका बारेमा स्थानीयको बुझाई सुन्ने र सुनाउने कार्यक्रममा पत्रकार कसैले नबोलेर सुझाबको रुपमा समाजका बिशिष्ट व्यक्तित्वको सुझाव लिने कार्यक्रम बनाईएको थियो । उक्त कार्यक्रम समापन भएपछि टीकापुर क्षेत्रका पत्रकारले यस क्षेत्रमा देखिएका समस्या र भबिष्यमा कस्तो नीति बनाउने भन्ने बारेमा छलफल भएको थियो ।