गणेश टोल ४ को सिद्धीबिनायक सहकारिले ६२ औ सहकारी दिवस मानाएको छ ।
गण्डकी प्रदेशका सांसद तथा सिद्धीबिनायक सहकारिका संस्थापक अध्यक्ष प्रभा कोइरालाको आतिथ्यतामा गणेशटोल चौतारीमा ६२ वटा मैनबत्ती बालेर उक्त दिवस मानाइएको थियो ।
सांसद कोइरालाले २०१३ सालमा पहिलो सहकारी खोलिए सङ्गै यहाँ सम्म आइपुग्दा सहकारिहरुले थुप्रै ईतिहास बोकेको कुरा बताउदै अब देशको आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य रहेको कुरा बताइन साथै उनले सरकारले पनि सहजता लिएको सहकारीलाई नमिलेका एन, कानुनलाई मिलाएर लैजानमा जोड दिइन ।
सिद्धीबिनायक सहकारिका अध्यक्ष शान्ती कोइरालाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा सहकारीमा आवद्ध ब्याक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।