जीबन सुरक्षा तथा सामाजिक बिकास नेपाल कास्की द्धारा कँडेल र बिक सम्मानित

0
1263

जीवन सुरक्षा तथा सामाजिक बिकास नेपाल कास्की  द्धारा एबिसी  टेलिभिजन  बाट प्रसारीत लोकप्रिय कार्यक्रम ईन्द्रेणीका संचालक तथा ईन्द्रेणी  सामाजका  अध्यक्ष  कृण्ण कँडेल र चर्चित लोक गायिका डिला बिक  सम्मानित भएका छन । उनीहरुलाई राष्ट्रि«य लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष तारापति सुबेदीले नगद,दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका हुन ।
नेपाली लोक तथा दोहोरी गित संगितको क्षेत्रमा गरेको  योगदानको कदर गर्दे उनीहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक अम्विका ढकाल खड्काले पोखरा पोष्टलाई जानकारी दिइन ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रि«य लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष तारापति सुबेदील  लोक संगीतको क्षेत्रलाई सामाजिक संस्थाले  सम्मान गरेको प्रति गौरब महसुस भएको उल्लेख गरे ।
सम्मानित ब्यक्ति को तर्फबाट बोल्दै ईन्द्रेणी  सामाजका  अध्यक्ष लोकदोहोरी गायक  कृण्ण कँडेलले सम्मानले गीत संगीतको क्षेत्रमा अझ बढि सक्रियताका साथ लाग्न उर्जा मिलेको बताए। अर्का सम्मानित ब्यक्ति चर्चित लोक दोहोरी गायिका डिला बिकले थप जिम्मेवार भएर काम गर्न प्रेरित गरेको बताइन ।उनले सामाजिक संस्थाबाट आफु पहिलो पटक सम्मानित हुन पाँउदा गर्ब अनुभुति भएको बताईन ।


कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दे संस्थाका संस्थापक सदस्य परिबर्तन नेपाल का अध्यक्ष   करण घिमिरेले समाजमा रहेर बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गर्दे थप उर्जा प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए। संस्थाले शिक्षा , स्वास्थ र जनचेतनामुलक कार्यक्रम धुर्मुस सुन्तला फाउन्डेसन सग समेत सहकार्य  गर्दे आएको  उनको भनाई थियो ।
जीवन सुरक्षा तथा सामाजिक बिकास नेपालका अध्यक्ष बिन्दु गीरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्दि«य सदस्य सरिता तिम्सिना पगेनी,लोक तथा दोहोरी गीत प्रतिष्ठान का केन्दि«य सदस्य जीवन दाहाल, अग्रज संचारकर्मी राजु थापा,नेपाली काँग्रेस सिन्धुपलान्चोकका सभापति बिकास लामा, मानब अधिकार तथा सांस्कृतिक बिकास मंच नेपालका संस्थापक अध्यक्ष सिद्धि चन्द्र बराल महिला उद्यमी संघ कास्कीका उपाध्यक्ष पार्बती पौडेल रेग्मी,जाल्पा देबी महिला उद्यार समितिका अध्यक्ष कान्ती पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए

एबिसी  टेलिभिजन  बाट प्रसारीत लोकप्रिय कार्यक्रम ईन्द्रेणीकाको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको संचालन  जीवन सुरक्षा तथा सामाजिक बिकास नेपाल कास्कीका संयोजक अम्बिका खड्का ढकालले गरेकी थिइन । कार्यक्रममा  लोक तथा दोहोरी गायक जीवन दाहाल,तुलसा जीसी,तारापति सुबेदी,डिला बिक लगायतले दोहोरी समेत प्रस्तुत गरेका थिए ।