खुर्पा प्रहारी गरी श्रीमानको हत्या

0
895

बनेपा। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या  गरेकी छिन् ।
। सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो ।
सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ ।