२०७६ सालको भित्तेपात्रो विमोचन

0
959

ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०७६ सालको भित्तेपात्रो विमोचन गरेको छ । संस्थाले शनिबार २०७६ साल शुभारम्भको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भित्तेपात्रो विमोचन गरेको हो ।

पात्रोको विमोचन संस्थाका संस्थापक अध्यक्ष भरत अधिकारी, वर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, निवर्तमान र पूर्व अध्यक्ष तथा सल्लाहकारहरुले संयुक्त रुपमा गरेका थिए ।

अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भरत अधिकारी, संस्थाका केशवशरण पराजुली, दया सापकोटा, पोखरा महानगरपालिका वडा नम्बर १ का वडा सदस्य सहारा प्रधान, शंकर तिवारी, सल्लाहकार विश्वप्रकाश चापागाईलगायतले बोलेका थिए ।