काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरि स्वतन्त्र र शान्तिपूर्ण ढङ्गले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै भत्र्सना गरेका छन् ।र्यालीका सहभागीलाई मात्र नभएर सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई समेत प्रहरीले लाठीचार्ज गरेको भन्दै त्यसप्रति कांग्रेसले आपत्ति प्रकट गरेको हो ।
“कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ, तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति कांग्रेस सदैव विरोध गर्दछ विज्ञप्तिमा भनिएको छ ।