लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीको अध्यक्षमा भवानी अधिकारी

0
1755

लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीको लायन्स वर्ष २०१९ । २० का लागि लायन भवानी अधिकारी बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।बुधबार पोखरामा क्लबले आयोजना गरेको निर्वाचन कार्यक्रमले बरालको अध्यक्षतामा  सर्बसम्मत समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा लायन सबिता आचार्य,द्धितिय उपाध्यक्षमा लायन नानु गोदार,तृतीय उपाध्यक्षमा लायन समिता अधिकारी सचिबमा लायन लक्ष्मी अधिकारी,कोषाध्यक्षमा लायन चन्द्रा बास्तोला सह सचिवमा लायन बेनु पण्डित र सहकोषाध्यक्षमा लायन सरिता पौडेल चयन भएका छन ।त्यसैगरि मेम्मरसिप चेयर पर्सनमा लायन बिष्णु माया बराल,पब्लिक रिलेसन अफिसरमा लायन पार्बती थापा,टेलटुइस्टरमा लायन पुर्णीमा बराल,टेमरमा लायन निलम अधिकारी चयन भए ।

मिडिया डाइरेक्टरमा लायन सरिता तिम्सिना पगेनी,हेल्थ डाइरेक्टरमा लायन सुनिता रेग्मी कोइराला,डाइरेक्टरमा लायन शारदा थापा र लायन कमला पराजुली चयन भएका छन ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक एडभाइजर लायन किशोर बरालले नयाँ समितिलाइ बधाइ दिदै  आफुले  सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सेवा भन्दा ठुलो धर्म केहि नहुने भन्दै आफुले आर्जन गरेको केहि रकम समाज सेवामा लगाउनु पर्नेमा समेत जोड दिए । डिर्पाटमेन्ट अफिसर लायन चुडामणी बरालले  लायन्स क्लबलाई समाजले  अझै पनि  सम्पन्न बर्गको संस्था ठान्ने गरेको उल्लेख गर्दे उनले यस्ता गलत  दृष्टिकोण हटाउन आबश्यक रहेको बताए। लायन्स सम्पन्न बर्गको संस्था भन्दा पनि सेवा गर्ने भावना भएका ब्यक्तिहरुको संस्था होे भन्ने कुरा  आम मानिसलाई बुझाउन  आबश्यक रहेको बताए ।

रिजन चेयर पर्सन खुब बहादुर बरालले  क्लबले गरेका क्रियाकलापको प्रशंसा गरे ।क्लबका अध्यक्ष लायन निर्मला आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यबाद मन्तब्य संस्थापक अध्यक्ष लायन  सीता बराल , स्वागत मन्तब्य उपाध्यक्ष लायन भवानी अधिकारी र  कार्यक्रमको संचालन सचिब लायन नानु गोदारले गरेका थिए ।