प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा सुरु

0
891

काठमाडौँ। प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा सुरु भएको छ । अंगप्रत्यारोपण सम्बन्धि संसारमा भएका उपलब्धीलाई नेपालमा पनि विस्तार गर्ने र मस्तिष्क मृत्यु सम्बन्धि जनचेतना जगाउने उद्देस्यले सम्मेलन आयोजना गरिएको हो ।
संसारका विकसित देशमा अंगप्रत्यारोपणको अवस्था कस्तो छ, अंग प्रत्यारोपण प्रविधिमा कसरी अगाडि बढीरहेका छन र नेपाल र विकशिल देशको अंग प्रत्यारोपणमा भएका अनुभव साटासाट गर्नको लागि  प्रत्यारोपण सम्मेलन भएको हो ।
सम्मेलन आयोजक समितिका संयोजक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले अंगप्रत्यारोपण र मस्तिस्कमृत्युको बारेमा स्वदेश तथा विदेशका विज्ञहरुबीच छलफल तथा अनुभव साटासाट गर्ने उदेश्यले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंङ्ग प्रत्यारोपण समाज नेपाल र इन्डियन अंग प्रत्यारोपण समाजको संयुक्त आयोजनामा काठमाडौँमा सम्मेलन सुरु भएको जानकारी दिए। ‘ब्रिडिङ द ग्याप’ नाराकासाथ सम्पन्न हुने सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० जनाको सहभागिता रहेको छ ।
सम्मेलनमा भाग लिन अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना प्रत्यारोपणविद आएका छन् ।
सम्मेलनमा स्वदेशका प्रत्यारोपणविद , अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता भएको छ । ।
मिर्गौला रोग विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले सम्मेलनको उद्देस्य प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउनु रहेको बताइन ।
उनले सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट र नर्सिङ प्रमुखको समेत सहभागिता रहेको जानकारी दिइन । सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्वन्धी प्राविधिक र दोस्रो दिन मस्तिस्कमृत्यु सम्बन्धी विषयमा छलफल हुनेछ ।

अंङ्ग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा. निरज जोशी र इन्डियन अङ्ग प्रत्यारेपण समाजका अध्यक्ष प्रा.डा. सन्दिप गुलेरियाको अध्यक्षतामा सम्मेलन भएको हो । साइन्टिफिक कमिटिको अध्यक्ष प्रा.डा. राकेस कुमार बर्माले गरेका छन् । यस्तै हस्पिटालिटी तथा तथा लजेष्टिक कमिटिको अध्यक्षमा डा. कल्पना कुमारी श्रेष्ठ रहेकीछन । सम्मेलनको सदस्य सचिव डा. सुमित आचार्य तथा सह सचिवमा इन्डियन अङ्ग प्रत्यारेपण समाजबाट डा. बिवेक कुटे छन । सम्मेलनका अन्य सदस्यहरुमा प्रा.डा गुण कुमार श्रेष्ठ, डा. दिलिप शर्मा, प्रा.डा. गोपी अर्याल, प्रा.डा. राजिव झा,डा. दिपेश लाल गुरुवाचार्य प्रा. डा बिश्वास प्रधान, डा. सुवास प्रसाद आचार्य, डा. यादब देब भट्ट, डा. मोहनदेब भण्डारी, डा. सुधांशु के.सि., डा. बिषेश पौडेल, डा. अनिल बराल, डा. कल्पना श्रेष्ठ, डा. सुमित आचार्य, डा. आरती राई, डा. कर्ण राज बंशी, डा. निभा श्रेष्ठ, डा. बिनिता जोशी, डा. संजित कृष्ण श्रेष्ठ, डा. अनन्त श्रेष्ठ, लगाएतका चिकित्सकहरु छन ।
त्यसैगरी कार्यक्रमको सल्लाहकारहरुमा प्रा.डा. आई.एल. आर्चाय, प्रा.डा. बिश्व राज जोशी, प्रा.डा. सुबोध अधिकारी, प्रा.डा. बि.डि. झा, प्रा.डा. सन्तोषमान श्रेष्ठ, प्रा.डा. बसन्त पन्थ र प्रा.डा. पवन कुमार सुल्तानिया छन ।
विश्वका विभिन्न देशका प्रत्यारोपण विज्ञहरुबाट अङ्ग प्रत्यारोपणको क्षेत्रमा भईरहेको प्रबिधीको विकास, ज्ञान सिप तथा नयाँ उपलब्धिहरुको आदान प्रदान हुने र नेपाल जस्तो बिकाशिल राष्ट्रहरुमा अङ्गदान तथा प्रत्यारोपणमा जनचेतना जगाउने विश्वासका साथ सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन शनिबार बेलुकी उपप्रधानमन्त्री , स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरेका थिए ।