युवा मानवअधिकारकर्मी घिमिरे हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट सम्मानित

0
1078

काठमाडौं । दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन शुक्रबार राजधानी सुरु भएको छ । यस सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान र अमेरिकाका युवाको सहभागीता रहेकोछ ।
दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य सुदिप पाठकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा आयोगले धेरै काम गरेको बताउदै मानवअधिकार शिक्षालाई आयोगले आफनो रणनीति आयोजना अनुसार घरघरमा पु¥याउने लक्ष्य अनुसार अभियान अघि बढाएको बताउनुभयो । युवाहरुमा झन मानवअधिकारको बारेमा सचेतना अभियान गर्नु पर्नेमा जोडदिनुभयो ।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शशतिकरण गर्ने पर्नेमा जोडदिनुभयो । राज्लले युवाहरुलाई स्वदेशमा रोजगारीको पहल गर्न युवा परिषदले  सरकारसँग मिलि विभिन्न योजनाहरु ल्याउन लागेको बताउनुभयो ।
यस सम्मेलनमा  झण्डै १७ बर्ष देखि  मानवअधिकारको क्षेत्रमा कार्यरत रही काम गर्दै आउनु भएका युवा पुस्ताका अत्यन्तै चर्चित युवामानवअधिकारकर्मी गणेश प्रसाद घिमिरेलाई हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो । घिमिरे मानव अधिकार पत्रकार संघका पूर्व महासचिव पनि हुनुहुन्छ । हाल उहाँ एमनेस्टी इन्टरनेसनल नेपाल समुह ३ काठमाडौंको संयोजक साथै कलेजमा मानवअधिकार बिषय अध्यायपनमा पनि संलग्न पनि हुनुहुन्छ ।
दुई दिन सम्म चल्ने यो सम्मेलनमा युवाहरुले आआफनो देश भएका मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल र युथ फर हयुमन राइट्स नेपालले गरको हो । उद्घानटन सम्मेलनमा, पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डा. मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।
अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले विश्व भरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएकोछ । मानवअधिकार शिक्षा अभियानको लागि यो संस्था अन्तरराष्टियरुपमा अत्यन्तै चर्चित छ ।