नेता हेर्ने हैन,पाटीलाई केन्द्रबिन्दुमा राखेर अघि बढ : कोइराला

0
847

 

कास्की ।नेपाली काँग्रेसकी नेता  तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली काँग्रेसले  नेता भन्दा पनि पाटीलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु पर्ने बताएकी छन । पोखराम प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  भनिन्–  अब नेता हेर्ने हैन, पार्टीलाई वलियो वनाएर अगाडि वढाउन सक्ने नेतृत्व आवश्यक छ ।  पाटीको कमजोरीका कारण नभै ब्यक्तिको कमजोरीका कारण काँग्रेस कमजोर अबस्थामा आएको भन्दै उनले आगामी १४ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ र जुझारु  नेतृत्व ल्याउन जरुरी भएको बताइन् । चालीस बर्षदेखि एउटा अनुहार भएका नेताले पार्टी सशक्त नहुने बताउँदै उनले महाधिवेशनले नयाँ नेतृत्व छान्नु पर्नेमा जोड दिइन् ।  गिरीजा प्रसाद कोईरालाको मृत्यु पछि मुलुकमा प्रजातन्त्रको जग खतरामा परेको छ भन्दै उनले जिपि कोईराला फाउन्डेसन मार्फत  राष्ट्रियता प्रजातन्त्र र समाजबादलाई गाँउ गाँउ सम्म प्रचार गरिने दाबी गरिन ।  कार्यक्रम प्रेस युनियन कास्की शाखाका अध्यक्ष नविन सिग्देलको अध्यक्षतामा भएको थियो ।