कास्कीमा काँग्रेसको राष्ट्रिय जनजागरण अभियान महामन्त्री खड्काले शुभारम्भ गर्ने

0
889

 

कास्की ।नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ ।हिमाल, पहाड, तराई, मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान भन्ने मूल नाराका साथ काँग्रेसले वैशाख ११ देखि सवै जिल्लामा अभियान संचालन गर्न लागेको हो।नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अभियान शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणमा कार्यक्रम गरी अभियान शुभारम्भ गरिने बताइएको छ  ।
कास्की काँग्रेसको आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान संचालन गर्ने निर्णय गरेको हो ।अभियानलाई प्रभावकारी बनाउन तयारी शुरु गरिसकएिको  जिल्ला सदस्य नवीन सिग्देलले पोखरा पोष्टलाई जानकारी दिए ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।