काँग्रेसको जागरण अभियान सर्यो

0
643

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन संगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैशाख ११ गते बुधबारदेखि शुरु गर्ने भनिएको देशव्यापी जागरण अभियान स्थगित भएको छ ।
नेता रामकृष्ण ताम्राकारको निधनमा कांग्रेसले तेह्र दिन शोक मनाउने जनाउँदै कार्यक्रमलाई स्थगित गरेको बताइएको छ  ।पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुदा तीन दिन पार्टी कार्यलय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट सुरु हुने कार्यक्रम प्रभावित हुने भएको हो । स्थगित कार्यक्रमको उद्घाटन बैशाख २५ गते बुधबार हुने काँग्रेस प्रबक्ता विश्व प्रकाश शर्माले जनकारी दिएका छन्। कांग्रेसले यसअघि नै वैशाख ११ गते लोकतन्त्र दिवसका दिनदेखि देशव्यापी जागरण अभियानको शुरुवात गर्ने घोषणा गरेको थियो ।
आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा जानकारी दने भन्दै कांग्रेसले जागरण अभियान कार्यक्रम गर्न लागेको हो ।विभिन्न ३ चरणमा हुने अभियान पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिनसम्म चल्नेछ ।