कास्की । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले शैक्षिक बितरण गरेकी छन । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ मा अवस्थित बाराही आधारभुत बिद्यालयका बिद्यार्थीहरुका लागि उनले शैक्षिक सामाग्री बितरण गरेकी हुन । पाण्डेले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको बाराही आधारभुत बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले जानकारी दिए ।
पाठ्यपुस्तक बितरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष पाण्डेले राज्यले शिक्षालाई निशुल्क भनेता पनि ब्यबाहारमा कार्यन्वयन हुन नसकेको बताइन । अझै पनि बिपन्न बर्गका बिद्यार्थीहरुले शिक्षाको अधिकारलाई उपभोग गर्न अनेक समस्या झेल्न परेको उनको भनाई थियो ।स्थानीय सरकारले शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाइ पढ्न पाउने अधिकारको सुनिश्चत गर्न समेत उनले जोड दिइन ।बिपन्न बर्ग अध्यनरत बिद्यालयमा सहयोग गर्न पाउँदाआफुलाई खुषि लागेको उनले बताइन ।

