कास्की । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले शैक्षिक बितरण गरेकी छन । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ मा अवस्थित बाराही आधारभुत बिद्यालयका बिद्यार्थीहरुका लागि उनले शैक्षिक सामाग्री बितरण गरेकी हुन । पाण्डेले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको बाराही आधारभुत बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले जानकारी दिए ।
पाठ्यपुस्तक बितरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष पाण्डेले राज्यले शिक्षालाई निशुल्क भनेता पनि ब्यबाहारमा कार्यन्वयन हुन नसकेको बताइन । अझै पनि बिपन्न बर्गका बिद्यार्थीहरुले शिक्षाको अधिकारलाई उपभोग गर्न अनेक समस्या झेल्न परेको उनको भनाई थियो ।स्थानीय सरकारले शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा लगानी बढाइ पढ्न पाउने अधिकारको सुनिश्चत गर्न समेत उनले जोड दिइन ।बिपन्न बर्ग अध्यनरत बिद्यालयमा सहयोग गर्न पाउँदाआफुलाई खुषि लागेको उनले बताइन ।
नेपाल प्रेस युनियनका केनद्रिय सदस्य सरिता तिम्सिना पगेनीले शिक्षा पाउनु बालबालिकाको मौलिक हक भएको भन्दै कुनैपनि बाहानामा शिक्षाको अधिकारबाट बालबालिका बंचित गराउन नहुनेमा जोड दिईन । शिक्षा क्षेत्रको भौतिक र शैक्षिक बिकासका लागि शिक्षक,अभिभाबक र बिद्यार्थी एकजुट भएर लाग्नु पर्नेमा समेत उनले जोड दिइन । बाराहि आधारभुत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिम बहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का सदस्य गणेश आचार्य, बिद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य,शिक्षक मनु गुरुड लगायतले बोलेका थिए । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ कास्कीको पहल तथा बिभिन्न पब्लिकेशनहरुको सहयोगमा पाठ्यपुस्तक निशुल्क उपलब्ध गराइएको हो ।कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । २०२१ सालमा स्थापना भएको बिद्यालयमा ५४ जना बिद्यार्थीहरु अध्ययनरत छन ।