दार्चुलामा (नेकपा) परित्याग गरि कांग्रेसमा प्रबेश गर्नेको लहर बढ्यो

0
656

दार्चुला ।  दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)परित्याग गरि  नेपाली कांग्रेसमा प्रबेश गर्नेको  लहर बढेको छ ।  शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका ८० जनाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०परित्याग गरि  नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन्।
उनीहरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले काडापारीमा आयेजित कार्यकर्ता भेटघाट कार्यक्रममा पाटी प्रबेश गराएका हुन । ८० जनालाई एक साथ नेपाली कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमितकिा सभापति मोहन साउदले जानकारी दिए।
नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा शैल्यशिखर नगरपालिका ४ कांडापारीका स्थानीय नेकपाका नेता कृष्ण बोहरा र दलित अगुवा शंकर महरको नेतृत्वमा एकै वडाका ८०जनालाई पार्टीमा प्रवेश सहित नेपाली कांग्रेसको साधारण सदस्यता दिईएको नेपाल तरुण दल  शैल्यशिखर नगर अध्यक्ष सुरेश विष्टले बताए । नवप्रवेशी युवाहरुलाई नगर तरुण दलमा समेत समावेश गरिएको छ ।
सरकारको कार्यशैलीका कारण देशभरी कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले बताए। बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्ताधारी पार्टीप्रति जनतामा वितृष्णा पैदा भएको छ, नेता बडुले भने, अब यस स्थानको विकासको जिम्मा नेपाली कांग्रेसको हो, यस वडामा गर्नुपर्ने सम्पुर्ण विकास स्थानीय तहबाट तत्काल सुरुवात गरिने छ।