पाल्पा रामपुर । रामपुर नगरपालिकाको आयोजनामा महिला कानुनी अधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम रामपुरमा सम्पना भएको छ । प्रशिक्षणको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले महिला अधिकार सम्बन्धि महिलाहरु जानकार नभएसम्म आफूले कस्तो अधिकार पाउने थाहा नहुने र आफू पिडामा परेको समेत मेसो नपाउने हुदा महिला अधिकारको ज्ञान लिएर समुदायमा बुझाउनु पर्नेमा जोड दिनुभयो । प्रशिक्षणमा सहजीकरण गर्दै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपालसिं रानाले महिला तथा बालबालिका सेवा केन्द्रको काम, भुमिका, महिला तथा घरेलु हिंसाका कारक तत्व, घरेलु हिंसाका कारण उत्पन्न हिंसा, शोषण, यातनाका अबस्था र सजाय साथै नेपालको संविधान २०७२ को धारा ३८ मा व्यबस्था भएको महिला हक सम्बन्धी बारेमा जानकारी दिनुभएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले महिला अधिकारका बिषयमा अन्तरास्ट्रिय सन्धी, समय–समयमा उठेका बहस र यसले अधिकार प्राप्त गर्न पु¥याएको उपलब्धिका बारेमा सहजिकरण गर्नुभएको थियो । नगरपालिकाका लेखापाल रेनुराम ज्ञवालीले अधिकार र महिला अधिकारका सवालमा र महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तथा न्यायिक समिति सदस्य पुजा परियारले महिला अधिकार, कानुनमा व्यवस्था गरेका अधिकार प्रयोग माध्यम, लैङ्गिक समता, व्यवहारिक पक्ष र कानुनी सहजताका लागि जान्नुपर्ने बिषयबस्तुका बारेमा सहभागीहरुलाई जानकारी दिदै महिलाहरु सवल र सक्षम हुन महिलाका हरेक बिषयमा जिज्ञासा राखेर जान्ने बुझ्ने हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । नगरपालिकाका कार्यपालिका सदस्य, वडासदस्य, न्यायिक समिति, मेलमिलापकर्ता, महिला समुह लगायत तालिममा ३० महिलाहरुको सहभागिता रहेको थियो । नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घिमिरेले कानुनी अधिकारका बारेमा बुझेर गाउँ ठाउँमा बुझाएर अधिकार लिने कुरामा पछि नहट्न आग्रह गर्दै अधिकारका बारेमा सचेत हुने हो भने हरेक सामाजिक कार्यमा अग्रसर र सक्षम बनिने कुरामा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी सुन्दरी बस्ताकोटीले गर्नुभएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
