सगरमाथा आमा समुहले बनाए गणेश मन्दिर

0
1072

 

कास्की ।  पोखरा महानगरपालिका वडा नं १४ मा रहेको सगरमाथा आमा समुहले गणेश मन्दिर निर्माण गरेका छन । पोखरा १४ सगरमाथा टोलमा  रहेको करिब दुई आना क्षेत्रफलको  सार्बजनिक जग्गामा  करिब १६ लाखको लगानीमा  मन्दिर निर्माण गरिएको आमा समुहका अध्यक्ष जुना क्षेत्रीले पोखरा पोष्टलाइ जानकारी दिइन।  मन्दिरका लागि गणेशको मुर्ति भने मुर्तिकार राजेन्द्र थापाले तयार पारेका छन । उनले मन्दिरका लागि झण्डै साडे दुइ फुटको ढुङ्गाको मुर्ति तयार पारेका हुन ।  टोलमा गणेश मन्दिर नभएकाले आमा समुहको पहलमा मन्दिर निर्माण गर्यौ अध्यक्ष क्षेत्रीले भनिन् सबैको साथ र सहयोगले यो सम्भब भयो । बैशाख २७ गते एक कार्यक्रमका बिच मन्दिरको उद्घाटन गरिने पनि अध्यक्ष क्षेत्रीले जानकारी दिईन ।