८० प्रतिशत महिलाहरुमा प्रजनन् अंगमा संक्रमण

0
1112

जानकी गाउपालिका वडा नम्बर ७ गोलौरीमा निशुल्क पाठेघर जाँच शिविर भएको छ । पाठेघर सम्बन्धी समस्या भएको महिलालाई राहत होस् भनी स्वास्थ्य शिविरको आयोजना गरेको आयोजकले जनाएको छ । 
शिविरमा ३ सय ४२ जनाले सेवा लिएका छन् । सेवा लिएका मध्ये ३ जनाको पाठेघरको अप्रेसन गर्नु पर्ने, ५ जनाको पाठेघरमा रिङपेसरी राख्नु पर्ने, ५ जनाको बाँझोपन, २३ जना अविवाहित महीलाहरुमा महिनावारीको गढबढी जस्ता समस्या देखिएको छ ।  शिविरमा सेवा लिन आएका करिब ८० प्रतिसत महिलाहरुमा प्रजनन् अंगमा संक्रमण देखिएको छ । शिविरमा ६५ जनाको भिडीयो एक्सरे गरीएको मुनुवा स्वास्थ्य चौकीका प्रमुख वृख विष्टले जानकारी दिनु भयो । शिविरमा नेपालगञ्ज भेरी अस्पतालमा कार्यरत डाक्टर अस्मिता गौतम, कोहलपुर मेडिकल कलेजमा कार्यरत डाक्टर बविता शाह र डाक्टर रामकुमार दास र टीकापुर अस्पतालमा कार्यरत डाक्टर अमित प्रजापति लगायतको डाक्टरको टोलीले सेवा दिएको थियो । 
शिविर उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपमकुमार चौधरीले घर सुन्दर बनाउनको लागि महिला स्वस्थ हुन आवश्यक रहेको बताउनु भयो । उहा“ले महिलाहरुलाई आफ्नो स्वास्थ्यमा सुधार गर्न आग्रह गर्दै समयमा स्वास्थ्य परीक्षण गराउदा अनावश्यक खर्चबाट जोगिन सक्ने बताउनुभयो । 
गाउँपालिका उपाध्यक्ष उमा महतोले स्वस्थ बच्चा जन्माउनको लागि महिला स्यंम स्वस्थ रहन आवश्यक रहेको बताउनुभयो । उहाले बच्चालाई स्वस्थ हुनका लागि महिलाको पाठेघर नै स्वस्थ राख्न जरुरी रहेको बताउनुभयो । जानकी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख पदम परियारले बालविबाह गर्दा, गहैे भारी उठाउदा र जमानान्तर नगरी बच्चा जन्माउनाले पनि महिलाहरुको पाठेघरमा समस्या हुने गरेको बताउनुभयो । 
वडा नं. ७ का वडाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रम मुनुवा स्वास्थ्य चौकीका प्रमुख बृख विष्टले संचालन गर्नुभएको थियो । स्वागत वडा नं ७ का सचिव सन्दिप साउदले गर्नुभएको थियो । जानकी गाउपालिका वडा नं ७ र मुनुवा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको हो । 

टिकापुर एफ एम