नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवाले जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिएका छन । कांग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरे पछि जारी गरेको पछिल्लो परिपत्रमा महिला बक्त्ता अनिबार्य राख्न निर्देशन दिइएको हो ।नेपाली कांग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको हो । कार्यक्रमलाई छोटो र छरितो बनाउने नाममा आसन र भाषणमा देशभरी महिलाले मौका नै नपाउने अवस्था देखिएपछि उनीहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेत्री डिला सङ्ग्रौला, पुष्पा भुसाललगायतलाई एकहप्ता अगाडि ध्यानाकर्षणपत्र बुझाएका थिए । कांग्रेसले एक महीने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा सुरु गर्न लागेको छ । महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले आफूले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै सच्याउने आश्वासन दिएका थिए । पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र शुक्रबार जारी गर्दै हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिएको छ । जागरण अभियानका कार्यक्रममा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिको मात्र आसन ग्रहण र उनीहरूकै मात्र भाषण हुने तालिका रहेकोमा अव महिलावक्ता पनि थपिएका छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.