अभियानको रुपमा पुर्ण खोप बन्दै मादी गाउँपालिका

0
1500

कास्कीको मादी गाउँपालिका अन्तरगतका १२ वटै वडा साथै समग्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना कायम प्रतिबद्धता गाउँपालिका घोषणा कार्यक्रम अभियानका रुपमा सुरुवात गरि सम्पन्न गरेको छ |
मादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनुसार स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता,पूर्ण खोप दिगोपना हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ बैशाख महिनालाई पूर्ण खोप महिना मनाउने अभियानका रुपमा गाउँपालिका क्षेत्र भित्रका १२ वटै वडाहरुमा पुगी पूर्ण खोप सुनिश्चितता दिगोपना कायम प्रतिबद्धता घोषणा कार्यक्रम संचालन गरिएको हो |
घोषणा कार्यक्रम गर्नु पुर्ब गाउँपालिका भित्रका १२ वटै वडामा रहेका स्वास्थ्य संस्था हरुको सक्रियतामा स्थानीय खोप समन्वय समिति ब्यबस्थापन समिति ,महिला स्वास्थ्य स्वयम सेविकाहरु तथा सम्पूर्ण सरोकारवाला हरु सग अन्तरक्रिया योजना तर्जुमाबैठक संचालन पश्चात समुदायका प्रत्येक घरमा पुगी घर धुरी सर्वेक्षण गर्ने काम, तथ्यांक भेरिफिकेसन गर्ने काम र खोप लगाउन छुटेका बालबालिकाहरुलाई छुटेको खोप सेवा प्रदान गर्ने काम सम्पन्न गरिएको थियो |
उल्लेखित सबै प्रक्रिया पुरा गरि बैशाख २४ गते गाउँपालिका वडा नं.१ सिक्लेस बाट पूर्ण खोप सुनिश्चितता दिगोपना कायम प्रतिबद्धता वडा घोषणाको अभियान सुरु गरि क्रमशः बैशाख २५ गते वडा नं.६र७ ,बैशाख २६ गते वडा नं. १० र १२, २७ गते वडा नं ११ त्यसैगरि २८ गते वडा नं. २ ताङतिङमा कार्यक्रम संचालन गरिएको थियो भने २९ गते वडा नं ८ र ९ मिजुरे हुदै बैशाख ३०गते  वडा नं. ५ मा र बैशाख ३१ गते मादी गाउँपालिका वडा नं.३ र ४ साथै समग्र मादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना कायम प्रतिबद्धता घोषणाको कार्यक्रम समापन गरिएको छ |


अभियानका रुपमा कार्यक्रम संचालन गरि रहंदा कार्यक्रमा बिभिन्न खोप सम्बन्धि जनचेतनामूलक नारा लेखिएका प्ले कार्ड सहितको र्याली कार्यक्रम, बिभिन्न सास्कृतिक झलकहरु सगै उपाध्यक्ष सग महिला कार्यक्रम अन्तरगत बिद्यालय किशोरी महिनावारी स्वास्थ्य सुरक्षाका लागि स्यानेटरी प्याड बिधालयबाट निशुल्क वितरणका लागि बिधालयलाई हस्तान्तरण गर्ने कार्यक्रम समावेश गरिएको थियो | सास्कृतिक झलक सहित र्याली कार्यक्रममा १२ वटै वडाहरुमा छुट्टाछुट्टै प्रत्येक  वडामा सम्पुर्ण जनसमुदायका आम नागरिक तथा सरोकारवालाको सहभागिता सगै वडा भित्रका जनप्रतिनिधि , स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयम् सेविका , आमा समुह शिक्षक विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो |
गाउँपालिका उपाध्यक्ष बिष्णु माया आचार्य पौडेलका अनुसार अभियानका रुपमा गरिएको यस कार्यक्रमले स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकारले अपनत्व लिएको संदेश प्रवाह भएको र आगामी दिन हरुमा गा.पा. भित्रका कुनै पनि बालबालिकाहरुलाई पूर्ण खोप पाउनबाट बन्चित हुन नदिने र बिधालयका छात्राको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्ण खोप सुनिश्चितता कार्यक्रम सगै गाउँपालिका भित्रका सम्पुर्ण बिधालयमा निशुल्क रुपमा स्यानेटरि प्याड वितरण तथा प्रजनन स्वास्थ्य शिक्षा दिने व्यवस्था मिलाइएको हो |
स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनुसार हरेक बालबालिका जन्मेपछी खोप सेवा प्राप्त गर्नु संबिधानत नैसर्गिक अधिकार भएको तथा दिगो बिकास लक्ष अनुसार बालबालिका र महिलाहरुको  मृत्युमा कमि ल्याउन साथै नयाँ खोप हरु बढी प्रभावकारी र महंगा भएको तर नेपाल सरकारको लगानीमा निशुल्क रुपना उपलब्ध गरिएको हुँदा आम नागरिकको पहुचमा पुर्याई उपयोग बढाउन यो कार्यक्रमलाई अभियानका रुपमा गर्नु  परेको हो |
अहिले राष्ट्रिय खोप तालिका अनुसार ११ वटा घातक रोगहरुको बिरुद्धमा खोप सेवा प्रदान गरिरहेको र अव केहि महिना मै नेपालमा झाडापखाला बिरुद्धमा दिईने रोटा खोपको सुरुवात हुने तथा खोपले धेरैको ज्यान बचाउने साथै ठुलो समुदायलाई सुरक्षित गर्ने साधनको रुपमा रहेको र यसले बालबालिकालाई स्वस्थ राख्ने , आयु बढाउने र उत्पादनशिलता  बढाई अन्ततः दीर्घकालीन रुपमा गरिबी घटाउन खोप सेवाले ठुलो योगदान पुर्याउने कुरा स्वास्थ्य प्रमुखले बताउनुभयो |


पूर्ण खोप सुनिश्चितता वडा घोषणा अभियानको क्रममा वडा नं.१ को प्रतिवेदन सिक्लेस स्वास्थ्य चौकीका पुष्पेन्द्र यादबको प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने २९ जना , वडा नं.२ को प्रतिवेदन नामार्जुङ स्वा.चौ. का सन्तोष साहको प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने ११  जना, वडा नं.३ र ४ को प्रतिवेदन यांजाकोट  स्वास्थ्य चौकीका ललित रौनियारको प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने ३३ जना , वडा नं. ५ को प्रतिवेदन मादी बेसी सामुदायिक स्वास्थ्य इकाईका बिमला पोखरेलको प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने २१ जना , वडा नं. ६र७  को प्रतिवेदन तप्राङ  स्वास्थ्य चौकीका धर्बेन्द्र प्रसाद साहको प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने २२  जना, वडा नं. ८ र ९  को प्रतिवेदन मिजुरे  स्वास्थ्य चौकीका दिपक ढकालको प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने ४३  जना, वडा नं. १० को प्रतिवेदन भाचोक  स्वास्थ्य चौकीका लालमाया गुरुङको  प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने ७ जना , वडा नं. ११ को प्रतिवेदन सैमराङ स्वास्थ्य चौकीका स्मृतिको  प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने १६ जना र वडा नं. १२ को प्रतिवेदन थुम्सिकोट प्रा.स्वा.के.का देवी रसाइलीको  प्रस्तुत प्रतिवेदन अनुसार यो बर्ष पूर्ण खोप पाउने ११ जना बालबालिका  रहेका छन |
गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको पूर्ण खोप सुनिश्चितता दिगोपना कायम प्रतिबद्धता गाउँपालिका घोषणा कार्यक्रममा गाउँपालिका क्षेत्र भित्र १६ देखि २३ महिना सम्मका  जम्मा १९३ जना बालबालिका रहेका र १९३ जनाले नै पूर्ण खोप पाएको सुनिश्चितता गरिएको  घोषणा गर्नुका साथै ० देखि १५ महिनाका २५५ जना बालबालिकाले नियमित खोप कार्यक्रमबाट खोप सेवा लिइरहेको कुरा जानकारी गराउनुभएको छ  |