Home ब्रेकिङ्ग न्युज अनलाइन सञ्चार माध्यमको सेवा रोक्ने (दर्ता खारेज गरेर सञ्चालन हुन नदिने) हर्कत तत्काल बन्द गर्न माग

अनलाइन सञ्चार माध्यमको सेवा रोक्ने (दर्ता खारेज गरेर सञ्चालन हुन नदिने) हर्कत तत्काल बन्द गर्न माग

0
अनलाइन सञ्चार माध्यमको सेवा  रोक्ने (दर्ता खारेज गरेर सञ्चालन हुन नदिने) हर्कत तत्काल बन्द गर्न माग

 

 

 

काठमाडौं ।   अनलाइन निर्देशिका २०७३ को आडमा अनलाइनहरुको दर्ता खारेज गर्ने असंवैधानिक कदमका विरुद्ध अनलाइन पत्रकार संघले सूचना विभागमा ज्ञापनपत्र बुझाएको छ ।

निर्देशिकामा भएको व्यवस्था देखाएर  दर्ता र नविकरण नगर्ने  अनलाइन सञ्चार माध्यमको सेवा  रोक्ने (दर्ता खारेज गरेर सञ्चालन हुन नदिने) हर्कत तत्काल बन्द गर्न माग गर्दै सुचना विभागका महानिर्देशक कृष्ण मुरारी न्यौपानेलाई संघले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै अनलाइन पत्रकार संघका अध्यक्ष शिवप्रसाद सत्यालले दर्ता र नविकरणका नाममा  पूर्ण प्रेस स्वतन्त्रताको अनुभुत हुन नदिने कार्य भएको  बताउदै यस्तो कार्य तत्काल रोकिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले निर्देशिकाको निर्माणकै क्रममा महासंघ लगायतको विरोध रहेकाले निर्देशिका नै खारेज हुनु पर्ने बताए । नेपाल पत्रकार महासंघका सदस्य नकुल अर्यालले संविधान विरोधी निर्देशिकाको आडमा संचारमाध्यमको दर्ता खारेजी गर्ने कार्य स्वीकार्य नभएको बताए ।

ज्ञापन पत्र बुझदै महानिर्देशक न्यौपानेले दर्ता र नविकरणमा देखिएको समस्य समाधान गर्न सकेको पहल गर्ने आश्वासन दिए ।  कार्यक्रममा अनलाइन पत्रकार संघका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, इकोनोमिक सोसाइटीका अध्यक्ष रामकृष्ण पौडेल लगायतको सभागिता रहेको थियो ।