कास्की । संयुक्त विद्यार्थी संगठनले पोखरा महानगरपालिका मयेर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएका छन्। शिक्षा क्षेत्रमा रहेका ब्यथितिको बारेमा जानकारी गराउदै मेयर जिसीलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष शेखर गौतमले जानकारी दिए । नेबिसंघ जिल्ला अध्यक्ष बिकास थापाले महानगरले आफ्नो निर्देशिकामा समाबेश भएका शैक्षिक निती कार्यान्वयन नगराए वडा कार्यालयमा ताला झुन्ड्याउन बाध्य हुने बताए । अखिल छैठौं का अध्यक्ष दान बहादुर सारुले जायज माग हाम्रो मात्र होइन सम्पुर्ण शोषित पीडित विद्यार्थी र आमनागरिकको रहेको बताएका थिए । अखिल क्रान्तिकारीका सचिब सागर पौडेलले सर्बसुलभ शिक्षामा जोड दिन महानगर लाग्नु पर्ने बताए । मेयर जिसीले ताकेता गरिरहेका छौ , जुनसुकै हालतमा पनि छात्रवृत्ति कार्यान्वयन गराउने र नियम भन्दा बाहिर गएर चलेका शैक्षिक संस्थालाई कारबाहीको दायरामा ल्याउने बताए ।उनले बैशाख ९ गते सम्पुर्ण वडालार्इ निर्देशन जारी गरिएको तर वडा नम्बर १२ र १३ मा सुचना निकालेर काम कारबाही अगाडि बढेको बताए । उनले वडा नम्बर १२ मा स्कुलहरुले अटेरी गरेको बताए ।
यस्ता छन संयुक्त बिद्यार्थी संगठनका मागहरु:
१- नयाँ शैक्षिक सत्र सँगै छात्रावृतीका लागी प्रक्रिया सुरु नभएकाले बारम्बार ध्यानार्कषण गर्दा पनि सुनुवाई नभएकोमा हामि गम्बिर छौ अब केहि घण्टा भित्र प्रकृया सुरु गरियोस ।
२ -वार्षिक र मासिक शुल्कमा अनियमितता भएकोले दोशि स्कुल लाई कारवाही गरियोस ।
३- निजि शैक्षिक संस्था भित्र भएका व्यापारीकरणको अन्त्यकालागि यस आधिकारीक तालुक अड्डा बाट छानविनको प्रकृयामा ल्याई दोशीलाई कारवाही गर्न जोडदार माग गर्दछौँ । साथै छात्रवृत्तीको रुपमा दिदै आएको प्रतिशतलाई वढाई कम्तीमा २० प्रतिशत पुर्याउनको लागि जोडदार माग गर्दछौँ ।
– भार क्षमता भन्दा अत्याधिक वढी विद्यार्थी वोकी विद्यार्थीको भविष्य अन्योल गराई मानव अधिकारको हनन गर्ने विद्यालय लाई कारवाही गरियोस ।
५ -स्कुल तहमा दिने छात्रावृती पारदर्सी नभएको ले पारदर्सी वनाई एक हप्ता भित्र छानविन गरि दोषी उपर कारवाही गरियोस ।