पत्रकार महासंघको आन्दोलन तुहाउन ब्रिफिङ शुरु ,नेकपा पाटी निकट पत्रकारलाई धुम्बाराहीमा बोलाइयो

0
1113

 

काठमाडौं। सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ। सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयक नसच्याएसम्म महासंघको आन्दोलन नरोकिने  पत्रकार महासंघका अध्यक्ष गोबिन्द  आचार्यले बताउँदै आएका छन् ।यसै बिच  नेकपाले आफ्नानिकट पत्रकारलाई केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएर पत्रकार महासंघको आन्दोलन तुहाउन ब्रिफिङ  शुरु गरेको छ। महासंघको  आन्दोलन तुहाउन   नेकपाले पार्टीइतरका पत्रकारलाई बोलाएर सम्झाउने प्रक्रिया थालेको बुझिएको छ  ।  भेलामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य तथा नेकपानिकट पत्रकार मानिने प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई भने नबोलाइएको  जानकारी आएको छ । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै पत्रकार महासंघका अध्यक्ष आचार्य र प्रेस संगठनका सहसंयोजक बस्नेत भने विपक्षमा उभिँदै आएका छन्। प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठ पनि सरकारले ल्याएको यो विधेयकको विपक्षमा छन्।
श्रेष्ठ र आचार्य दुवैले आफूहरुलाई भेलाबारे कुनै जानकारी नभएको बताएका छन्। भेलामा श्रेष्ठ, आचार्यसहित प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत पनि सहभागी भएनन्। भेलामा संयोजक महेश्वर दाहाल भने सहभागी थिए।
भेलामा सहभागी सञ्चारमन्त्री बास्कोटाले भने विधेयक फिर्ता नहुने अडान राखेका छन्। त्यसमा परिमार्जन गर्नुपर्ने भए छलफल गर्न सकिने मन्त्री बास्कोटाले बताएका थिए।
नेकपानिकट पत्रकार तथा संगठनका नेता, पत्रकार फाँट हेर्ने नेता, प्रचार विभागका नेता, सञ्चारमन्त्री गोकुल बास्कोटालगायत धुम्बाराही पुगेको बताइएको छ । छलफलमा पार्टीका तर्फबाट दलका उपनेता सुवास नेम्वाङ, पम्फा भुसाल र योगेश भट्टराई सहभागी थिए।