तास खेलाईरहेको अबस्थामा ४ जना महिला सहित २ जना पुरुष पक्राउ

0
748

 

कास्कीमा झण्डै डेढ लाख रकम सहित   जुवा खेल्ने ४ महिला सहित  ६ जना पक्राउ  परेका छन ।
पोखरा महानगरपालिका बडा नं ७ मासबारमा  डेरा गरी बस्ने बस्ने बर्ष ३५ को मुना गुरुङले अबैध रुपमा जुवातास खेलि खेलाईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले   तास  खेलाईरहेको अबस्थामा ४ जना महिला सहित २ जना पुरुषलाई पक्राउ गरेको हो । उनीहरुलाइ ३ बुक तास र १,५२,५२५।– ९एक लाख बाउन्न हजार पाँच सय पचिस० नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबत्ता प्रहरी नायब उपरिक्षक रबिन्द्रमान गुरुङ्गले पोखरा पोष्टलाई जानकारी दिएका छन  ।
पक्राउ पर्नेमा  पोखरा महानगरपालिका बडा नं। ३ नदिपुर बस्ने बर्ष ५७ को पुर्ण बहादुर गुरुङ , बडा नं। ५ बस्ने बर्ष ३९ को ठाकुर गुरुङ ,  बडा नं। ७ बस्ने बर्ष ३७ कि प्रेम कुमारी गुरुङ , बडा नं। ७ बस्ने बर्ष ३५ कि मिना पुन , बडा नं। ८ बस्ने बर्ष ४० कि संगिता गुरुङ  र बडा नं। १५ बस्ने बर्ष ३६ कि मुना गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।