काठमाडौं । नेपाली कांग्रेसले यो वर्षको गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै छ ।
जस अन्र्तगत जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा बिहान शान्ति वाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति वाटिका कार्यक्रम समापन गरिने र साँझ शान्ति वाटिकामा दीप प्रज्ज्वलन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।
जेठ १६ गते ‘सङ्घीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम गर्ने, काठमाडौँमा सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्यमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रम गरि गणतन्त्र दिबस मनाउने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.