पोखरा – २ मा आधारभुत कानुनी साक्षरता तालिम शुरु

0
868

पोखरा ।पोखरा महानगरपालिका २ का अध्यक्ष रामेश्वर मल्लले महिलाहरुलाई प्रोत्साहन गर्न वडा सधै तयार रहेको बताएका छन । शुक्रबार अर्चलबोट आमा समुहले आयोजना गरेको आधारभुत कानुनी साक्षरता तालिमको उद्घाटन गर्दे उनले महिलाहरुको क्षमता अभिबृद्धिका लागि वडाले सधै सहयोग गरेको पनि बताए । कानुन अन्याय बिरुद्ध न्याय प्राप्त गर्ने साधन भएकाले सबै नागरिकले कानुन जान्नै पर्ने उनको भनाई थियो ।वडा सदस्य गोमा सुबेदीले महिलाहरुले कानुन नबुझेका कारण हिंसामा परेको बताउदै कानुनी राज्य स्थापना गर्न महिलाको महत्वपुर्ण भुमिका हुने बताईन  । तालिम प्रशिक्षक संकल्प गण्डकी प्रदेशका उपाध्यक्ष सरिता तिम्सिना पगेनीले मुलुकमा यतिबेला नयाँ नयाँ ऐन कानुनहरु आएकोले सबैले कानुनको बिषयमा जानकारी राख्नु पर्नेमा जोड दिईन । कानुनी अज्ञानता क्षम्य नहुने भन्दै उनले कानुन कार्यन्वयनमा नागरिकको महत्वपुर्ण भुमिका हुने बताइन् ।अर्चलबोट आमा समुहका अध्यक्ष कल्पना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सल्लाहाकार प्रमोद पराजुली ,समुहका सचिब शुषिला रेग्मी लगायतले बोलेका थिए। दुइ दिन सम्म चल्ने तालिमलाई संकल्प गण्डकी प्रदेशका उपाध्यक्ष सरिता तिम्सिना पगेनी र अधिबक्ता केशब प्रसाद पराजुलीले सहजीकरण गर्ने सचिब शुषीला रेग्मीले जानकारी दिइन् ।