सि बि क्षेत्री प्रबेग
कांग्रेसको जागरण अभियान धाराको नल सफा गरेर हुदैन मुहानको मुल सफा गर्न जरुरी छ । नेपाली कांग्रेस नेपाल को पुरानो लोकतान्त्रिक समाजबादी पार्टी हो।जसले मुलुकको सबै परिवर्तनमा कुशलताको अहम भुमिकाको नेतृत्वको निर्बाह गर्दै आएको छ ।हरेक काल खण्डको परिवेशलाई बृहत दृस्ठिकोण ले हेर्दा नेपालि कांग्रेस एक पदक सहित रजक को पार्टी हो । आज आएर पार्टी इतिहास कै कम्जोर अबस्थामा गुज्रिएको छ ।नेतृत्व तहका नेताहरू पैतिस पिठ फर्काएर बसेका छ्न भने तल्लो निकायका कार्यक्रताहरु कुहिरोमा हराएका काग झै रुमलिएका छ्न । आफ्नो नेतृत्वको सरकार ले गराएको निर्वाचनमा अपत्यारिलो हार ब्यहोरे सङ्गै पार्टीको आन्तरिक किचलो झन सतहमा आएको छ ।चरम अनुशासन हिनता गुटबन्दी अन्तरघात र बेथितिको कारले पार्टी सामान्य चाकरिले तङ्गिन्रे अवस्था छैन ।सदियो देखि परिवारको बेवास्ता गरि पार्टी प्रती आफ्नो अमुल्य योगदान गर्न्रहरु पर्दा भित्र लुकिरहेको अवस्था छ उनिहरुको मुल्यांकनको कुनै लेखाजोखा छैन पार्टीमा दोषी चस्मा लगाएर चाकरीको प्रथामा बिकिरहेका हरुको लेखाजोखा हुँदा पार्टी शिथिल हुदैन गयो छ ।नेतृत्व तहहरु हरेक कार्यक्रममा एक अर्कालाइ खुवाइल्याउदै कार्यक्रम समापन गर्दा तल्लो तहका कार्यक्रता आफ्नो नेता प्रतिको सदभाब देखाएर ताली बजाउन पछाडि पर्दैनन । सिङ्गो पार्टी प्रती समर्पित नभएर गुटको किराना पसल थापेकाहरु होडको प्रशस्त्रहरुको जमातले पार्टीको धरातल खुम्चिएको छ ।ईमानदार कार्यक्रताहरु तुहालोमा हराइरहदा पार्टी प्रती लगाव गुम्सिएको छ ।तीन तिर फर्किरहेका नेतृत्वहरुको भिजन र मिसन पार्टी समर्पित भन्दा गुट कसरी बलियो बनाउने भन्ने कुस्तिमा रहेको छ यहि कुस्तिको प्रथाले तल्लो स्तरको कार्यक्रतमा बिभाजन ल्याउदै पार्टी लाई कम्जोर बनाउने षड्यन्त्र भइरहेको देखि छ।गुटको होलेसेल जमाएर बसेका लालाहरु पार्टी भिजन लाई लत्याउदै गुटकोपसलमा प्रचार केन्दित देखिन्छन । कसरी गुट बलियो र शक्ति स्थापित गर्न्र भन्ने दाउपेचमा लागेका नेतृत्वहरुमा कुनै पार्टीको स्थापित भिजन देखिदैन त्यो अनुसार सकुशल कार्यक्रताहरु कुहिरोमा हराएको काग झै अलमलमा छ्न । निर्वाचन हारे देखि नेतृत्व तहका नेताहरू भिजन र आगमिक कांग्रेसको रणनीतिको खाका भन्दा आरोप र प्रत्यारोपमा दिन खर्चिरहेका छ्न । एक अर्कोको अस्तित्वलाई र आत्मालोचना लाई स्कार्यन तयार नहुदा कांग्रेस अहिले अस्तालको सैयामा बिरामी परिरहेको छ ।जनताका अपेक्षा आशाबादी परिकल्पनाहरुमा कांग्रेस संबेदनसिल नहुदा निर्वाचनको परिणाम फेल अबस्थामा आयो ।नेपालमा कम्युनिष्ट बर्चस्व कांग्रेस रुपान्तरण हुन नसकेरै ऐनामा अनुहार देखिन थालेको छ ।घर भित्र एक अर्कोमा कुस्तिको सिङ्गारले गर्दा कम्जोरको घेरामा परेको कांग्रेस लाई तङ्गाउन कुशल नेतृत्व र भिजन चाहिएको छ ।अस्तालको सैयामा रहेको कांग्रेस लाई कुशल बनाउन सकुशल उपचारको ब्यबस्था हुन जरुरी छ ।कुशल कांग्रेस आजको आबस्यता हो चिन्ताको विषय केछ भने नेताका अन्धभक्त कार्यक्रताहरु सम्रग कांग्रेसको बारेमा चिन्ता लिएनन सिर्फ नेताको दोषी चस्माको चङ्गुल फसी सधै उनिहरुकै म्युजियम बने । पार्टीलाइ दुस्त दुरुस्त बनाउने कुशल महान नेतृत्व चाहिएको छ ्यसको निम्ति तल्लो स्तरका कार्यक्रताको एक्यवद्धता खाचो अपहिर्य छ ।पार्टी प्रती चिन्तन गर्दै पार्टीको आगामिक रणनीति र प्रष्ट उल्लेखित भिजन आउनेमा महाअभियानले पार्टी प्रतिको मुहान सफा राख्न खाचो देखिन्छ ।अभियानको मुल मर्म एकता सन्देश हो नेतृत्व तह इमानदार र भिजन मुखी भए पार्टी बलियो सकुशलको दिशा तिर उन्मुख हुनेछ ।ईमानदार कार्यक्रतालाइ मुल्यांकन गर्दै बलियो कांग्रेस र ईमान कांग्रेस बनाउन नेतृत्वको मुहान सफा जागरणको सान हो। जय नेपाल ।