नेपाली काँग्रेस पोखरा वडा कार्य समिति ३ को आयोजनामा पोखरा- ३ मा काँग्रेसको राष्ट्रिय जागरण अभियान संचालन गरिएको छ । नेपाली काँग्रेसको केन्द्रीय नीति र जिल्ला कार्य समिति कास्कीको निर्देशनमा अभियान शुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य एबं जागरण अभियान पोखरा – ३ का संयोजक राम्जी कुवँरले नेपाली काग्रेसले गरेका काम जनतालाई बुझाउन नसक्दा काँग्रेस हारेको बताए । उनले नेपाली काँग्रेसको नेतृत्वमा देश र जनताको हितमा महत्वपुर्ण कामहरु भएको भन्दै कुवँरले भने , राणाशासनको अन्त्य, गणतन्त्रको स्थापना र संबिधान निर्माण जस्ता काम गरेको काँग्रेसले आफुले गरेका कामहरुको प्रचार गर्न नसक्दा हार ब्यहोर्न परेको छ । कम्युनिष्टले सानो काम गरे पनि हल्ला गर्छ तर काँग्रेसले महत्वपुर्ण काम गरेर पनि प्रचार गर्न सक्दैन उनले भने अब जनता माझ काग्रेसले गरेका काम र बर्तमान सरकारका जनबिरोधी कामको भण्डाफोर गर्नु पर्छ । दुर्इ तिहाइको दम्भले न्यायलय, प्रेस सबैतिर ओली सरकारले हस्तक्षेप गरेको छ भन्दै उनले जागरण अभियानले कम्युनिष्टका गलत गतिबिधिहरु जनता माझ प्रेषित गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए। सभासद् शारदा पौडेलले नेपाली जनताले यस पटक काँग्रेसलाई किन रुचायनन् त ,यस बिषयमा जनताको घरघरमा पुगेर प्रश्न गर्नु पर्नेमा जोड दिइन । काँग्रेस वडा कार्य समिति ३ का सभापति दिलिप गीरीको अध्यक्षतामा भएको कार्यक्रममा सभासद् कृण्ण कुमारी परियार, जिल्ला सदस्य उमेश पराजुली, वडा अध्यक्ष रबिन्द्र बहादुर प्रजु, महिला संघसभापनि लक्ष्मी पराजुली,वडा सदस्य रबिन कायस्थ,जितेन्द्र कायस्थ ,महिला संघका सचिब गीता कुवँर, लगायतले बोलेका थिए । कार्यक्रमको उदेश्य माथि प्रकाश अभियानका प्रतिनिधि मान बहादुर लामगादे ले पारेका थिए भने स्वागत वडा कार्य समितिका सदस्य महाबिर थापाले गरेका थिए। कार्यक्रमको संचालन सचिब सरिता तिम्सिना पगेनीले गरेकी थिइन ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.