नेपाल विद्यार्थी संघ कास्कीका सभापति तथा नेपाली कांग्रेसका युवा नेता बिकास थापाले रुपन्देही जिल्ला भ्रमणका क्रममा बिष्णु पौडेलकै चुनाबी क्षेत्रमा गएर कार्यकर्तासंग भेटघाट गर्दै बालुवाटार काण्डका नाइके तथा प्रमुख दोषी नेकपाका महासचिव बिष्णु पौडेललाई सरकारले कारबाही नगरे नेपाल विद्यार्थी संघले गर्ने चेतावनी दिदै भ्रष्ट पौडेललाई कारबाहीको दायरामा ल्याएर छिटो भन्दा छिटो कारबाही गर्नुपर्ने जनाउनु भएको हो।
उक्त भेटघाटका क्रममा नेता थापाले रुपन्देही ने.वि संघ जिल्ला अध्यक्ष सन्तोष डि.सी, ने.वि संघ रुपन्देहिका नेता नरेस क्षत्री, सन्दिप पाण्डे ,लुम्विनी ईन्जिनियरिङं सभापती शम्सेर खड्का लगायत विधार्थी नेताहरुसंग भेटघाट गर्दै कुराकानी गर्नुभएको हो। ने.बि संघ कास्कीका सभापति बिकास थापालाई ने.बि संघ रुपन्देहीका सभापति सन्तोष डि.सि. ले रुपन्देहीमा स्वागत गर्नु भएको हो।
नेता थापालाई स्वागत गर्दै रुपन्देहीका सभापति सन्तोष डि.सि.ले रुपन्देही जिल्लावासिको बेइज्जत हुने काम कम्रेड बिष्णु पौडेलले गरेको र रुपन्देहीका जन्ताहरुले बिष्णु पौडेलको परिचय राम्रोसंग पाएको कुरा जोड्दै रुपन्देही जिल्लावासीहरुले अब बिष्णु पौडेलले आम रुपन्देहीका जन्तामाझ आएर माफी नमाग्ने र कानुन बमोजिम कारबाही भोग्न तयार नरहे ने.बि संघ रुपन्देही र सम्पुर्ण जिल्लावासीले बहिष्कार गर्ने साथै बिष्णु पौडेललाई रुपन्देहीबाट लखेट्न समेत पछि नहट्ने कुरामा जोड दिनु भयो।
भेटघाट कार्यक्रमको अन्तिममा फेरि बालुवाटार काण्डलाई जोड्दै विद्यार्थी नेता सन्तोषले बिरेन्द्र बहुमुखी क्याम्पसमा थुनुवा कक्ष स्थापना गरेर त्यसता भ्रष्ट बिष्णु पौडेललाई त्यही कक्षमा थुनेर राख्ने कुरामा समेत जोड दिनु भयो भने ने.बि संघ जिल्ला सभापति तथा युवा नेता बिकास थापाले परि आएको खण्डमा ने.बि संघ रुपन्देहीलाई जस्तो सुकै सहयोग गर्नु परे पनि आफू र सिङ्गो ने.बि संघ कास्की तयार रहेको जनाउनु भयो