चितवन । भातृ संस्था बलियो बनाए मात्र कांग्रेस बलियो हुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
कांग्रेसले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत नेपाल तरुण दल चितवनले आयोजना गरेको अबको राजनीतिमा तरुणको भूमिका विषयक प्रवचन कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।
काँग्रेसका भातृ संस्थालाई चलायमान बनाउन नसक्दा कांग्रेसको अवस्था दयानिय भएको भन्दै चुस्त दुरुस्त बनाउन आबश्यक रहेको उनीहरुको भनाइ थियो । अबको राजनीतिमा तरुणहरु एक भएर कांग्रेसलाई जगाउन आवश्यक रहेको भन्दै तरुण नजागे सम्म कांग्रेस मात्रै जागेर केही नहुने उनीहरुको भनाई थियो । तरुणलाई चलायमान बनाउँदै वर्तमान सरकारका गलत कामको भण्डाफोर गर्न आवश्यक रहेको समेत उनीहरुले बताए ।
तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ ,
नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, महासमिति सदस्य राजेश्वर खनाल, शम्भु अर्याल, कांग्रेस चितवनको तरुण विभाग प्रमुख प्रल्हाद सापकोटालगायतले बोलेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.