खान पान र सरसफाइमा ध्यान नदिदा रोगहरु बढ्ने गर्यो: सेफ लेखनाथ पौडेल

३० जेष्ठ २०७६, बिहीबार

लामो समयदेखि होटलमा काम गरि रहनु भएका लेखनाथ पौडेलले पोखरा पोष्ट डट कम संग  कुरा गर्दै खान पानमा सरसफाइ नहुंदा बिरामीहरुको मात्रा बढेको र विभिन्न रोगहरुको उत्पादन भएको बताउनु भयो। आजकल बजार बिषादी राखेर बनाएका फलफूल, साग- सब्जी लगायतका खानेकुरा हामीले राम्रोसंग नपखालीकन र बिषादिलाई नष्ट नगरी कन खादा धेरै रोगहरुको समस्या आएको पौडेलको टिप्पणी छ। फलफूल र सब्जीको बिषादी नष्ट गर्न सेनि टाइजिङ ब्लिच ट्याब्लेट ( Sani tyzing bleach tablet ) १ लि. पानीमा २ वटा हालेर करिब दस मिनेट राख्नु पर्ने अनि सफा पानीले पखालेर खानु पर्ने सेफ लेखनाथले जनाउनु भयो। तर यो प्रक्रिया नेपालका होटलहरुमा खासै लागू नभएको समेत पौडेलले टिप्पणी गर्नुहुन्छ।

सेफ लेखनाथले पैसाको लागि एउटा मासु भनेर अर्कै मासु बेच्न समेत पछि नहट्ने र कहिले साङ्लो कहिले कुन किरा फटयांग्रोहरु खानामा भेटिएका होटलहरु बारे पनि कहिले काहीं हामीहरुले मिडियामा सुन्ने गरेका छौं भन्दै यसबारे पनि गम्भीर हुन आवस्यक रहेको मा जोड दिनु भयो। हामीसंग कुरा गर्दै सेफ लेखनाथले बाहिर बाहिर सरसफाइको कुरा गर्ने तर भित्र ब्यहेवारमा आफैले नल्याउने गरेका सेफहरु धेरै भेटिने गरेका कुरामा पनि आलोचना गर्नुभयो। अझ स्टार वाला होटलहरु आफैले एक्स्पाइर खाना हरु समेत बेचिएको भनेर कहिले काहीँ मिडियामा सुन्दा दु:खको महशुस हुने र त्यस्तो कुरामा सबै गम्भीर हुनु पर्ने पौडेलको भनाइ छ।

फुड सेफ्टिको बारेमा कति अनबिज्ञ भएका र कतिलाई त डेन्जर जोन भनेको के हो थाहा नै नभएका सेफहरु समेत बजारमा भेटिने गरेकोमा दु:ख लाग्ने सेफ लेखनाथको ठहर छ। फुड सेफ्टी कसरी हुन्छ भन्ने प्रश्न हामीले पौडेललाई गर्दा उहाँले निम्न लिखित कुराहरु उत्तरको नाममा दिनु भएको छ:
Hot Display Food: 63°c
Cold Food: 0 – 4°c
Flozen Food:  -18°C
Cooking Temperature: 75°c
Reheat Temperature: 70°c

यसरी लिखित कुराहरुमा ध्यान दिएर काम गर्दा फुड सेफ्टी हुने पौडेलको ठहर छ।  यसै गरि सामानहरु काट्नलाई समेत अलग अलग कटिङ बोर्डहरु फुड हाइजिनमा समाबेश गरिएको र कस्ता बोर्डहरुमा के काट्ने भनेर हामीले प्रश्न गर्दा सेफ लेखनाथले यस्तो उत्तर दिनु भयो:
निलोमा: माछा                पहेलोमा: कुखुरा              रातोमा: रातो मासु                 सेतोमा: डेरी उत्पादन
खैरोमा: पाकेको मासु        हरियोमा: सब्जी
यसरी यस्ता बोर्डमा यस्ता खाना काट्दा खानामा क्रस कन्टामिनेशन नहुने र खाना प्रदुषण नहुने कुरामा सेफ लेखनाथले जोड दिनु भयो ।

Leave a Reply