शैलजा आचार्यको १० औं स्मृति दिवसको अवसर पारेर पोखराबाट भ्रष्टाचार बिरोधी अभियानको शुरुवात गरिने

0
924

पोखरा ।  शैलजा आचार्य आदर्श समाज कास्कीले आयोजना गर्न लागेको भ्रष्टाचार बिरुद्धको अभियानको तयारी पुरा भएको छ ।

शनिबार पोखरामा नेपाली काँग्रेसकी नेतृ शैलजा आचार्यको १० औं स्मृति दिवसको अवसर पारेर अभियानको शुरुवात गर्न लागिएको हो ।
बिहान  ११ बजे पोखराको वीपीचोक चिप्लेढुंगाबाट शुरु हुने र्याली सहयात्री पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत हुने  शैलजा आचार्य आदर्श समाज कास्कीका अध्यक्ष कोपिला रानाभाटले पोखरा पोष्टलाई जानकारी दिईन् । ।
कार्यक्रम नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुनेछ। अभियानको शुरुवात कार्यक्रममा गण्डकी प्रदेश अन्र्तगतका विभिन्न जिल्लाबाट करिब १ हजार सहभागी हुने अपेक्षा गरिएको पनि   रानाभाटले जानकारी दिईन् ।
कार्यक्रममा बरिष्ठ पत्रकार एवं भ्रष्टाचार बिरुद्धको अभियन्ता हरीबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्ने र त्यसैमाथि अन्र्तक्रिया हुने कार्यक्रम तय भएको छ  ।
समाजले पहिलो चरणमा प्रदेशस्तरीय अभियान सञ्चालन गर्न लागेको जानकारी दिदै शैलजा आचार्य आदर्श समाजका केन्द्रिय उपाध्यक्ष कमला पन्तले पहिलो कार्यक्रम कास्कीमा गर्न लागेको बताइन् ।
यसपछि सातै प्रदेशमा अभियान सञ्चालन गर्ने र दोश्रो चरणमा जिल्लास्तरमा पनि यस्तै अभियान सञ्चालन हुने पन्तले बताईन् । देश भ्रष्टाचारले आक्रान्त भएका बेला यो अभियान फलदायी हुने अपेक्षा आयोजक संस्थाले गरेको छ ।
पछिल्लो समय व्यक्तिगत भन्दा पनि संस्थागत भ्रष्टाचार मौलाएको अबस्थामा  देशबाट भ्रष्टाचारको अन्त्य गरी सभ्य समाज निर्माण गर्न सबैको हातेमालो जरुरी रहेको र यसका लागि यो अभियानमा सबैले साथ दिन समेत आग्रह गरिएको छ ।