विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दे आसार ७ गते प्रचारप्रसार, ८गते कोण सभा तथा घरदैलो , ९ गते मसाल जुलुस, १० गते आमहड्तालसहित नेपाल बन्द गर्ने जनाएका छन् ।
सरकारले बिहीबार सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गैर न्यायिक हत्या गरेको भन्दै बिप्लब समुह आक्रोशित बनेको हो । ।
उनले पौडेललाई नियन्त्रणमा लिएर वर्वरतापूर्वक हत्या गरिएको दाबी गर्दै मानवअधिकारकर्मी, सञ्चार जगत र वुद्धिजीवीमा निष्पक्ष छानबिनका लागि बिज्ञप्ति मार्फत अपिल समेत गरेका छन् ।