अनुभव ठुलो कि योग्यता , प्राय संस्था मा देखिने सामान्य समस्या। बिकशित राष्ट्रहरुमा दुवै कुरा लाई समान महत्व दिएको देखिन्छ। तर पनि दुवै लाई मिलाएर लैजानु फलाम को चिउरा चपाउनु सरह हो । बास्तवमा आफ्नो आफ्नै ठाउँ मा दुवै ठिक छ। यथार्थ मा भन्नु पर्दा सिमित अनुभव र अपूर्ण योग्यता संस्थाको लागि दिर्घकालिन रुप मा हानिकारक छ। ठ्याक्कै भन्नु पर्दा यस्तो दृश्य अहिले पोखरा विश्व बिधालय मा देख्न सकिन्छ। उपकुलपति चिरन्जिबी शर्मा ले विश्व बिधालयको प्राज्ञिक मर्यादा माथि तुषारापात गर्दै न्युन अनुभव र अपर्याप्त योग्यता भएका नेकपा समर्थक तथा मर्यादा क्रम मा कनिष्ठ उप प्राध्यापक बुद्धि राज जोशी लाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन्। उक्त पदको लागि प्राय , संसारको उत्कृष्ट विश्व बिधालयमा, बर्षौ बर्ष कार्यगत अनुभव भएका र पूर्ण शैक्षिक योग्यता जस्तै विद्यावारिधि सम्म अध्ययन गरेको हुनु पर्ने सम्म सर्त राख्ने गरिन्छ जसको फल स्वरूप नैतिकवान , उच्च चरित्र भएको, क्षमतावान जनशक्तिलाई विश्व बिधालयमा आकर्षित गर्ने संकल्प राख्ने गरिन्छ। ।
उपकुलपति शर्मा को रवैया देखेर शिक्षक, कर्मचारी र बिद्यार्थी पिडित भैसकेका छन्। प्रतिशोधको शिकार भएका शर्मा बिद्यार्थीद्वारा कालोमोसो दलिए पछि कार्यकक्ष आउन छाडेको आकलन गरिन्छ। बिशेष परिस्थितिमा मात्रै कार्यालयमा देखा पर्ने शर्मा बिद्यार्थी माझ TOURIST VC को रूपमा प्रचलित छन्। संस्थाको नियमित काममा समेत वाधा पर्ने गरि हरेक समस्यामा मुकदर्शक बन्ने गरेको आरोप पनि लाग्ने गरेको छ उनलाई। विश्व बिद्यालयको शैक्षिक छबि उच्च राख्न प्राध्यापकहरु लाई दिईने देश , विदेशको अध्ययन बिदा समेत नदिएको कारण आलोचना को पात्र बन्न पुगेका छन्।
दुवै विद्यार्थी संगठन , ने बि संघ र अनेरस्वबियुले क्रमश पुन ;परिक्षा र कर्मर्चारी भर्ना मा अनियमितता भएको भन्दै तालावन्दी गरेका छन्। जसको कारण अहिले केन्द्रिय कार्यालय , परिक्षा नियन्त्रण कार्यालय , शैक्षिक प्रतिष्ठानका प्रशासनिक तथा लेखा कार्यालय हरुको काम ठप्प छ। विश्व बिद्यालय यस्तो अवस्था मा हुदा समेत उच्च पदाधिकाहरुले वार्ता र सहमति लागि कुनै पहल नगर्नु लजास्पद हो। विश्व बिद्यालयलाइ अनिर्णय को बन्दि बनाएर बिदा मा बसी विदेश भ्रमण गर्नु कहाँ को संस्कार हो ?