अन्ततः नेपाल विद्यार्थी संघ कास्कीसंग झुक्यो पोखरा २६, भयो यस्तो सहमति

0
1457

ने.बि संघका नेता बिकास रानाभाटको प्रतिनिधित्वमा ने.बि संघ कास्कीले पोखरा महानगरपालिका २६ द्वारा अबैध गिटी, बालुवा र ढुङ्गाहरु २६ नं वडाको खोलाहरुबाट उठाइ बेचेको र वडाले महानगरलाई कत्ति पनि राजस्व नतिरेको कुराको बिरोध गर्दै कारबाहीको दायरामा ल्याउन २६ नं वडा विरुद्ध केही समय अगाडिदेखि एक्सन लिएको हो।

वडा अध्यक्ष र ने.बि संघका प्रतिनिधि बिकास रानाभाटबिच छलफल भएर हिजो सहमति भएको थियो र नेपाल विद्यार्थी संघ  कास्की तथा पोखरा महानगरपालिका-२६  का वडा अध्यक्ष बिच  निम्न कुराहरुमा सहमती भएको हो:

–राज्यको राज्वस्व चुहावट भएको हुदा कानुन अनुसार राजस्व तिरिने।
–भवानीकालिका माविको  खेलमैदान  तत्काल पुनःनिर्माण गरिने।

नेपाल विद्यार्थी संघ कास्कीका नेताहरुले ने.बि संघ सदैब सामाजिक बिकृती मनपरितन्त्र , घुसपैठ तथा समाजमा हुने मनोमानी विरुद्ध लड्ने र शिक्षा क्षेत्रको समस्याको समाधान गरेर विद्यार्थीको हक हितमा काम गर्ने संगठन भएकाले अब ने.बि संघ कास्कीले जो कोहिलाई पनि नछाडिकन एक्सन लिएर अघि बढ्ने कुरामा प्रतिबद्धता जनाए।