पोखरा महानगरपालिका ३० खुदी ढुङ्गेपाटनमा रहेको कास्की जिल्ला क्षेत्र नं १ को नमुना विद्यालय त्रिभुवन शान्ति मा वि ले २०७६ लाई स्वर्ण महोत्सव वर्षको रुपमा विविध कार्यक्रम सहित भव्य रुपमा मनाउने घोषणा सहित उद्घाटन कार्यक्रमको रुपमा मिति २०७६/०४/१८ गते शनिबार महिला तथा पुरुष म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
३४ जना महिला र ५२ जना पुरुष सहभागी भएको उक्त प्रतियोगितामा महिलातर्फ प्रथम सरु कुमारी उराउ, द्वितीय रुपा भुजेल, तृतीय रिता परियार तथा सान्त्वना बबिता पौडेल भएका छन् भने पुरुषतर्फ प्रथम सुवास लामा, द्वितीय मनोज भुजेल , तृतीय बिकास थापा र सान्त्वना विशाल खनाल भएका छन् ।
पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसी को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक रामचन्द्र भण्डारीले गर्नुभएको थियो ।
त्यस्तै गरि उक्त बिद्यालयले अब मिती २०७६ साउन २४ गते अन्तर बिद्यालय निबन्ध लेखन र भदौ ६ गते अन्तरबिद्यालय हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको र अन्य कार्यक्रमहरुको पनि तयारी भैरहेको कुरा बिद्यालयका प्रधानाध्यापकले जानकारी दिनुभयो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.