ने.बि संघ कास्कीका युवा नेता बिकास थापाले कास्की २ को उपनिर्वाचनबारे यसो भने

0
2797

नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति  बिकास थापाले पार्टीको आन्तरिक गुटबन्दीका कारण बिगत १४ बर्षदेखि नेपाल विद्यार्थी संघ कास्कीको अधिबेशन प्रभावित भएको जनाउंदै कास्कीमा ने.बि संघको अधिबेशन गरेर अगाडि बढ्नुको बिकल्प नभएको जनाएका छन।

थापाले संगठनका अगाडि ब्यक्ति गौण हुने र संगठन भन्दा ठूलो केही नहुने भन्ने कुरालाई प्राथमिकतामा राख्दै संगठनका लागि आफ्नो बैधानिक पद समेत आफुले छाडेको जनाएका छन। पार्टीले चाहे अधिबेशनका निम्ति हदै सम्म लचिलो हुन तयार रहेको भन्दै थापाले स्वस्थ प्रतिस्पर्धामा उत्रिन कास्की कांग्रेसका नेताहरुलाई आग्रह समेत गरेका छन।

थापाले  कास्की कांग्रेसका तरुणहरु र विद्यार्थीहरु मिलेर युवा विद्यार्थीको नेतृत्वमा भाबी योजना अनुरुप कास्की क्षेत्र नं २ मा आउंदै गरेको मंसिर १४ को उपनिर्वाचनलाई लक्षित गरेर मतदाता केन्द्रीत रहेर छिट्टै नै बृहत कार्यकर्ता भेला आयोजना गर्ने जनाएका छन।

थापाले कास्की २ को उपनिर्वाचनमा मतदाताहरुले एक प्रतिनिधि मात्र निर्वाचित गर्ने भन्दा पनि देशको बर्तमान राजनीतिक चरित्रको चित्रण गर्ने र नेपाल कम्युनिष्ट पार्टीको के.पि सरकारको ज्याजती, भ्रष्टाचार, दर्जनौं काण्डहरु, हत्या हिंसा लगायतका अन्य बिकृति र बिसङ्गतिहरुले नेपाली जन्तामाथी परेको मार, सोझा जन्ताकविरुद्धमा मतदान गर्ने प्रतिबद्धता जनाए। नेपाल कम्युनिष्ट पार्टीको सरकारले जुन अधिनायकवादको शैली प्रस्तुत गर्दैछ, त्यो शैलीको विरुद्धमा कास्कीका मतदाताहरु ले मतदानबाटै प्रष्ट पार्ने जनाए।