पोखरा । पोखराका सामाजिक अभियान्ता एबं साहित्यकार अम्बिका ढकाल क्षेत्रीको शब्द,स्वर तथा लयमा तयार पारिएको तीजे म्युजिक भिडियो मनोरोगीको बेदना लोकार्पण गर्न बरिष्ठ अभिनेत्री करिष्मा मानन्धर पोखरा आउने भएकी छन । यहि साउन २५ गते अभिनेत्री मानन्धरले पोखरामा एक भब्य समारोह बिच म्युजिक भिडियोको लोकार्पण गर्ने बुधबार राष्ट्रिय परोपकार महासंघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । मानसिक रुपमा अस्वस्थ्य भई खुल्ला आकाशमुनि जीवन बिताएका महिलाको अबस्थालाई म्युजिक भिडियो मार्फत तिजे भाकामा प्रस्तुत गरिएको श्रष्टा अम्बिका ढकालले जानकारी दिईन । पोखराका बिभिन्न ठाँउमा छाँयाकन गरिएको म्युजिक भिडियो निर्माण गर्न झण्डै २ लाख खर्च लागेको ढकालले पत्रकार सम्मेलनमा जानकारी गराईन। मानसिक रुपमा अस्वस्थ्य ब्यक्तिलाई उचित गाँस बाँस र कपासको ब्यबस्था गर्न राज्यलाई झक्झक्याउने उदेश्यले म्युजिक भिडियो निर्माण गरिएको ढकालले बताईन । म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी,अमृता अधिकारी,अम्बिका ढकाल क्षेत्री,सरिता तिम्सिना पगेनी,रेनु थापा,तेजेन्द्र पौडेल ,कृण्ण भट्ठराइ लगायतको अभिनय रहेको छ । राष्ट्रिय परोकार महासंघ नेपालका अध्यक्ष भागबत भाष्कार कमलनया गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर स्तरिय नारी समिति पोखराका अध्यक्ष रेनु थापा ,श्रष्टा अम्बिका ढकाल ,पत्रकार सरिता तिम्सिना पगेनी लगायतले बोलेका थिए ।