तुलसीपुरको कपडा ब‌ैकमा कपडा लैजानेको भिड

0
932

शरद रेग्मी
तुलसिपुर ।
दाङको तुलसीपुरमा केहिदिन अगाडिदेखि संचालनमा आएको कपडा बैकमा भिडभाड बढन थालेकाे छ ।
कपडाको पहुँचवाट बञ्चित भएकाहरुलाई मध्य नजर गरी मंगलवारदेखी तुलसीपुर बसपार्कमा केन्द्र संचालन भएको थियो ।
सहायता केन्द्रका अध्यक्ष भिमसेन लहरेले दैनिकजसो कपडा लैजानेकरुकाे भिडभाड हुन सुरु भएको बताउनुभएको छ । बिहिबार सम्म झण्डै चारसए जनाले कपडा बैकमा अाएर विभिन्न किसिमका कपडाहरु लगेकाे अर्का सञ्चालक हरि केसिले जानकारी दिनुभयो ।
यता अाज कपडा बितरण गर्न बसपार्क पुग्नुभएका तुलसिपुर उधाेग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले समाज सेवाकाे गत्तिलाे उदाहरण सहायता केन्द्र भएको बताउनुभएयाे । उहाले भन्नुभयो “युवा ब्यबसायिहरुकाे उदाहरणीय काम देखेर अाफुले यसक्षेत्रमा नयाँ अभियानको सुरुभएकाे अनुभुती गरेकाे बताउनुभयो ।उहाले अाफुले समेत सहयोग गर्न तयार रहेकाे बताउनुभयो ।
उहाले देशका विभिन्न ठाउहरुमा निशुल्क बिचरणका लागि कपडा बैक सञ्चालन भएको सन्दर्भमा तुलसिपुरमा पनि यस्काे अति अाबश्यक रहेको अाैल्याउनुभयाे । उहाले भन्नुभयो याे सधैंभरि सञ्चालन हुन जरुरि छ ।
उहाँले समुदायलाई केही न केही सहयोग पुगोस भन्ने उदेश्यका साथ सुरु गरिएको यो अभियानमा सबैले सहयोग गरी निरन्तरता दिनु पर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा यातायात ब्यवसायी महासंघका केन्द्रीय सल्लाकार तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायी,कर्मचारी र मजदुरले मिलेर कपडा साहेता केन्द्र संचालनमा ल्याएको बताउनुभयो ।
उहाँले गरिव दुःखीलाई आफ्नो नाङ्गो शरिर छोप्नको लागि सहायता केन्द्र सहयोगी बन्ने समेत बताउनुभयो । त्यसैगरी सित्तैमा कपडा पाउँदा खुसी नागरिकहरु खुशी भएका छन । छानिछानि सित्तैमा कपडा लैजान पाएकोमा यसक्षेत्रका नागरिकहरुले खुसी व्यक्त गरेका छन ।
यसैबीच तुलसिपुर कपडा बैकका सञ्चालक एव यातायात ब्यबसायि प्रकाश भट्टले नगरबासिहरुमा सहयोगकाे अपिल गर्नुभएको छ । उहाले घरमा भएका सरफा, राम्रा तर प्रयाेगमा नअाएका कपडाहरु सहायता केन्द्रमा ल्याईदिन समेत सबैलाई अाग्रह गर्नुभएको छ ।
उहाले एक जनालाई एक जाेर कपडा राेजेर निशुल्क दिने ब्यबस्था मिलाएकाे समेत जानकारी दिनुभयो । हतल अस्थायिरुपमा नयाँ बसपार्ककाे गेटमा सहायता केन्द्र सञ्चालनमा ल्याएपनि केही दिनमा सटर काेठा बाट साे अभियान सञ्चालन गर्ने याेजना रहेकाे बताईएकाे छ ।