सूर्य बाँस्तोला
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राप्रपा कास्कीका संस्थापक अध्यक्ष देवीजङ गुरुङको ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ ।
स्व. गुरुङका एक छोरा ७ छोरी र श्रीमती हुनुहुन्छ । गुरुङ विभिन्न संघसंस्थामा समेत सक्रिय भएर काम गरिसक्नु भएको छ ।
गुरुङको पार्थीव शरीरलाई राप्रपाका केन्द्रीय उपाध्यक्ष भिम प्रसाद गौचनले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । शोक सभामा पार्टीका केन्द्रीय सदस्य, जिल्लास्थित नेता तथा कार्यकर्ता एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
गुरुङको निधनप्रति राप्रपा कास्कीले शोक वक्तव्य जारी गर्दै उहाँको निधनले पार्टीले एक असल अभिभावक गुमाएको बताउँदै शोकको यस घडीमा सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि शोक व्यक्त गरेको छ । साथै विभिन्न संघसंस्थाहरुले समेत समवेदना प्रकट गरेका छन् ।
साथै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा राप्रपाका केन्द्रीय सदस्य एवं कास्कीका संस्थापक नेता देविजंग गुरुङको असामयिक निधनले पार्टीलाई अत्यन्त दुःखीत तुल्याएको बताउँदै उहाँको निधनले पार्टी तथा देशले एक राष्ट्रवादी एवं इमान्दार योद्धा गुमाएको र अपुरणीय क्षति पुगेको बताइएको छ । वक्तव्यमा यस दुःखद घडीमा सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै शोकलाई सहन सक्ने शक्ति प्रदान गरुन् भनि भगावनसँग कामना गरिएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.