समाजवादीबाट कास्की -२ मा धर्मराज गुरुङ

0
519

कास्की।
आगामी मंसीर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की २ बाट समाजवादी पार्टीले धर्मराज गुरुङको नाम टुंगो लागाएको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाट उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो ।
केन्द्रिय कमिटीले धर्मराजलाई उम्मेदवार बनाउँने निर्णय गरे पनि घोषणा गर्न भने बाँकी रहेको समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले पोखरा पोष्टलाइ जानकारी दिए। यस अघि प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले टुंगो लगाएको हो ।
प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।