सूर्य बाँस्तोला
पोखरा।राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीको केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका विभिन्न पदाधिकारी तथा सदस्य रहने गरी १ हजार १ सय ११ सदस्यीय परिचालन समिति गठन गरेको कास्कीका प्रचार प्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिनुभयो ।
जस अन्तर्गत जिल्ला निर्वाचन परिचालन समिति संयोजकमा जयलाल पुन, सहसंयोजकमा इश्वरी बैरागी, सहसंयोजक क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, जिल्ला उपाध्यक्ष विष्णु कार्की, महानगर अध्यक्ष मोतिमान शाक्य रहनुभएको छ ।
त्यसैगरी अर्थ संकलन उपसमिति संयोजकमा डा.भिमसेन गुरुङ, सहसंयोजकहरुमा केन्द्रीय सदस्य शिव प्रसाद चालिसे, केन्द्रीय कुलबहादुर गुरुङ्ग कुलु, सिता खड्का, नारायण गुरुङ, महिला संघ अध्यक्ष कृष्ण कुमारी खड्का, विश्वराज पौडेल, जगत प्रसाद सुवेदी रहनुभएको छ ।
प्रचार प्रसार उपसमिति संयोजकमा सूर्य बास्तोला, सहसंयोजकमा सुवर्णराज पन्त, सदस्य सचिवमा रमेश त्रिपाठी, सहसंयोजकमा नवराज बसौला, प्रकाश सापकोटा, युवा परिचालन उपसमिति संयोजक विजयबाबु भण्डारी, विद्यार्थी परिचालन संयोजक शिव पौडेल, सहसंयोजक सन्दीप धमला, महिला परिचालन उपसमिति संयोजकमा कृष्ण कुमारी सुवेदी, सहसंयोजकमा ननश्री गुरुङ, इन्द्रकुमारी शाही, नौमाया गुरुङ, विनु राणा, गंगा थापा, अमृता थापा, कुन्ती कुमारी शाही, रन्जना सेन पौडेल, मिना गुभाजु, धनकुमार अधिकारी रहेका छन् ।
त्यसैगरी उत्पीडित उत्थान उपसमिति संयोजक लालबहादुर नेपाली, सहसंयोजक पुर्णाखर सुनार, सदस्य सचिव बद्री परियार, डिलमाया परियार, टोपिलाल नेपाली, मुश्लीम परिचालन उपसमिति संयोजक अमिर मियाँ, सांस्कृतिक परिचालन उपसमिति संयोजक इन्दिरा शाही, सहसंयोजक बुद्धिमान दुरा धम्पु, धार्मिक परिचालन उपसमिति संयोजक भोलाजंग सुवेदी, सहसंयोजक ज्ञानेन्द्र कुमार घिमिरे, ओम बहादुर कार्की, रत्नाखर आचार्य रहेका छन् ।
त्यसैगरी अन्तरपार्टी परिचालन उपसमिति संयोजक जिल्ला अध्यक्ष, सहसंयोजक अर्जुन बहादुर बस्नेत, जगत प्रसाद सुवेदी, हरिप्रसाद बराल रहेका छन् ।
का.वा.अध्यक्ष गणेश बहादुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिव हरिप्रसाद बरालले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रदेश अध्यक्ष हेमजंग गुरुङ रहनुभएको थियो ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.