कास्की । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीबाट २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलले मनोनयन दर्ता गरे संगै कास्कीमा नेपाली काँग्रेसको चुनाबी रौनक बढेको छ ।नेपाली काँग्रेस केन्द्रले कास्की काँग्रेसका पुराना नेता खेमराज पौडेललाई टिकट दिए पछि योग्य,त्यागी र निष्ठावान ब्यक्तिलाई उम्मेदबारको रुपमा पाएको भन्दै काँग्रेस कार्यकर्ताहरु उत्साहित बनेका छन्। काँस्की काँग्रेस सभापति कृण्ण केसीले काँग्रेसले उम्मेदबार चयनमा ढिलाइ गरेता पनि असल ब्यक्ति चयन गरेर पठाएको प्रतिकृया दिएका छन् । पौडेलको उम्मेदबारीले कास्की काँग्रेसमा गुट उपगुटको अन्त्य भएको भन्दै काँग्रेसका नेता तथा कार्यकर्ताहरु पोखराको सभागृह बाट बाजागाजासहित जुलुस लिएर नाम दर्ता गर्न गएका थिए । जुुलुसमा काँग्रेस नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की– २ मा ३२ मतदान स्थल र ८२ वटा मतदान केन्द्रबाट मतदान हुनेछ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.