पोखरा -१७ का मतदाता भन्छन् : काँग्रेस बाहेक अन्य पार्टीबाट आशा गर्न सकिदैन

0
592

कास्की । कास्की २ मा हुने आसन्न उपनिर्बाचनमा आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दे यतिबेला दलहरु मतदाताको घरदैलोमा ब्यस्त छन् । मंगलबार नेपाली काँग्रेसले पोखरा–१७ मा उम्मेदबार सहितको घरदैलो कार्यक्रम गरेको छ । घरदैलो चल्दै गर्दा सोही क्षेत्रका मतदाताहरुले काँग्रेस बाहेक अन्य पार्टीबाट आशा गर्न नसकिने प्रतिक्रिया दिएका छन् । घरदैलेका क्रममा ९२ वर्षीय टंकनाथ लम्सालले काँग्रेस बाहेक अन्य पार्टी बाट केही आशा गर्न नसकिने बताए । संविधान कांग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि कांग्रेसकै अगुवाईमा भएको बताए । आफू चुनाव प्रचारमा कहिल्यै नहिंडेको भन्दै उनले यस पटक त्यागी नेता खेमराज पौडेल उम्मेदवार बनेकाले आफूलाई निकै खुशी लागेको बताए ।उनले रुदाक्षको मालाले उम्मेदबार पौडेललाइ स्वागत गरे । ‘पार्टीले पूराना मान्छेलाई बल्ल चिनेको छ, त्यही खुशीमा म पनि खेमराजलाई आशिर्वाद दिन यहाँ आएको हुँ’, उनले भने अब म काँग्रेसको चुनाबी अभियानलाई साथ दिन्छु । त्यागी नेता खेमराजलाई जसरी पनि जिताउनै पर्ने भन्दै उनले खेमराजलाई जिताउन नसकिए त्यो भन्दा ठूलो अन्याय केही नहुने बताए ।